नेपाल आइडलका रवी र अस्मिताल गाए किसान गीत

नेपाल आईडल सिजन २ का विजयी रवी ओड र सोही प्रतियोगिताको फाईनल प्रतिस्पर्धी अस्मिता अधिकारीले किसान गित लिएर आएका छन् । कृषि क्षेत्रलाई प्रवद्र्धनात्मक रुपमा विकास गर्ने लक्ष्य लिईएको गीत मार्फत रवी र अस्मिताले कृषि पेशालाई सम्मानको नजरले हेर्नु पर्र्ने बताएका छन् ।

कृषि पेशातर्फ आकर्षण घट्दै गएको सन्दर्भलाई मध्यनजर गर्दै निर्माण गरिएको गीतले समग्र समुदायलाई कृषि पेशामा आवद्ध हुन आह्वान समेत गरेको छ ।

गोकर्ण रुपाखेती शर्माको शब्द रचना र लेखु सहयात्रीको संगीत रहेको ‘हामी किसानी..’ बोलको गीत छिटै बजारमा आउने रचनाकार गोकर्ण रुपाखेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाल आइडलका रवी र अस्मिताल गाए किसान गीत"

Leave a comment