सानिमा बैंकको संस्थापक शेयर लिलामी खुल्ला, न्युनतम १८० रुपैयाँ मूल्य तोकेर बोलपत्र पेश गर्नुपर्ने

सानिमा बैंकको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक शेयर चैत ७ गते बिहिबार देखि लिलामीमा आएको छ। बैंकको संस्थापक शेयरमा संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्था लगायत बैंकको संस्थापक शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, सघं, संस्थाहरुलाई बोलपत्र पेश गर्न खुल्ला भएको हो ।

बैंकको संस्थापक शेयरमा प्रतिकित्ता न्युनतम १८० रुपैयाँ मूल्य आधार मानेर वा त्यस भन्दा बढी मूल्य अंकित मूल्यमा आवेदन पेश गर्न सकिनेछ। शेयर खरिद गर्न इच्छुकले न्युनतम २ लाख कित्ताको लागि आवेदन गर्नुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन ।

बैंकको लिलामी शेयरमा चैत २५ गते भित्र सानिमा क्यापिटल, नक्साल काठमाडौंमा आइपुग्ने गरि गोप्य शिलबन्दी आवेदन पेश गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सानिमा बैंकको संस्थापक शेयर लिलामी खुल्ला, न्युनतम १८० रुपैयाँ मूल्य तोकेर बोलपत्र पेश गर्नुपर्ने"

Leave a comment