दुई दिने चलचित्र कथा लेखन कार्यशाला सम्पन्न

तामाङ आवाजको आयोजनामा २ दिने चलचित्र कथा लेखन कार्यशाला सम्पन्न भएको छ । विभिन्न क्षेत्रका २० युवाहरुको सहभागीता रहेको कार्यक्रम ललितपुर कोन्ज्योसोम भारदेउमा आयोजना गरिएको थियो ।

कार्यशाला पुष २८ गते सुरु भई २९ गते दुई दिन सम्म सञ्चालन भएको थियो । कार्यशालामा सिनेमाका कथाका प्रकार, लेखन शैली लगायतको विषयमा प्रयोगात्मक क्रियाकलापहरु गरिएको थियो ।

तामाङ चलचित्र निर्माणमा उत्कृष्टता ल्याई विश्व चलचित्र बजारमा पुर्याउने उदेश्यका साथ यो कार्यक्रम गर्न लागेको आयोजकले बताएको छ । सहभागीहरुले २ दिने कार्यशाला उपलब्धी मूलक रहेको बताएका छन् । तामाङ आवाजले आउदो चैत्र मसान्त सम्ममा तामाङ लघु चलचित्र महोत्सब गर्दै छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दुई दिने चलचित्र कथा लेखन कार्यशाला सम्पन्न"

Leave a comment