जेनिशा केसीले गरिन् नयाँ फिल्ममा साइन

नायिका जेनिशा केसी अहिले नेपालमा छिन । केही समयदेखि मुम्बइमा रहेकी जेनिशाले अब भने आफूले नेपाली चलचित्रमा काम गर्न लागेको बताएकी छिन् । नेपाल आएकी जेनिशाले भनिन–‘हो, म नेपाली चलचित्रमा काम गर्दैछु । चलचित्र साइन गर्नका लागि नै म नेपाल आएकी थिएँ । ४ दिनपछि फर्किन्छु ।’

जेनिशाले आफूले काम गर्न लागेको चलचित्रको अहिले धमाधम कथामा काम भैरहेको सुनाइन् । तर, उनले चलचित्रको छायांकन २ महिनापछि मात्र सुरु हुने जानकारी दिइन् । नेपाल आएको समयमा केही स्थानमा घुमेको उनले सुनाइन् । जेनिशाले आफूले भारतमा टेलिसिरियलबाट अफर आएपनि नगरेको बताइन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जेनिशा केसीले गरिन् नयाँ फिल्ममा साइन"

Leave a comment