पूर्व युवराज पारसले चितवनमा के गरे ?

भरतपुर ।पूर्व युवराज पारस शाहले चितवनका विभिन्न स्थानको भ्रमण गरेका छन्। गत मंगलबार चितवन पूर्व यूवराज पारस शाह चितवनका बिभिन्न क्षेत्रको भ्रमण गरेका हुन्। आफना सहयोगी सहित नितान्त ब्यक्तिगत रुपमा भ्रमण कै लागि शाह चितवन आएको उहाका साथी योगी बेघ्र बेधनाथले बताए । उनले पश्चिम चितवनका पर्यटकीय क्षेत्रहरु सहित पूर्वी चितवनका सौराहलगाएतका स्थानमा भ्रमण गरेका छन् ।

उनी सौराह पुग्दा सौराहाका पर्यटन व्यवसायी र स्थानीयले बाजा गाजा भजन कृतन र थारु संस्कृतिक कार्यक्रम सहित सौराह परिक्रमा गराएका थिए । शाहले स्थानियको बिशाल शोभा यात्रा र झाँकी सहित सौराहाको हात्तिचोक हुदै राप्ती किनारा साईट सम्म पैदल यात्रा गरेका थिए। त्यस्तै सडक बालबालिकाले आश्रय लिएको स्थान मंगलपुरमा पुगी उनिहरुसंग फुटवल समेत खेलेका थिए।

विशेष गरि राजनितिक दलहरुले देशमा निराश जनक अवस्था सृजना गरिरहेकाबेला पूर्व राजपरिवारका सदस्यहरुले देश दैडाह गर्दै नागरिकहरुसंग साक्षात्कार गरिरहेका छन् । चितवनमा रहदा स्थानीय व्यवसायी पनि साथमै रहेकोले उनी व्यवसायिक प्रयोजनका लागि आएको वताइएको छ। पारस शाह आजै काठमाडौ फर्किने कार्यक्रम रहेको वताइएको छ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पूर्व युवराज पारसले चितवनमा के गरे ?"

Leave a comment