स्पाइडर–म्यानका परिकल्पनाकार स्टान लीकाे निधन

Mandatory Credit: Photo by Jim Smeal/BEI/BEI/Shutterstock (2304893eg) Stan Lee 'Iron Man 3' film premiere, Los Angeles, America - 24 Apr 2013

अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुन ।

“मार्भेल कमिक” का पूर्व प्रमुख स्टान लीको निधनप्रति विश्वभरबाट समवेदना प्रकट गर्नेक्रम जारी छ ।

वुल्भेराइनमा खेल्ने कलाकार ह्युज ज्याकमानले भने, “हामीले एकजना विशिष्ट लेखक गुमाएका छौं । स्टान ली सुपरहिरो ब्रह्माण्डका एकजना अद्भूत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको रचनामा एउटा सानो भूमिका पाएकामा म कृतज्ञ छु ।”

आइरन म्यानमा अभिनय गरेका कलाकार रोबर्ट डाउनी जुनियरले “म तपाईंप्रति कृतज्ञ छु, तपाईंको शान्तिबास होस्” भने ।

क्याप्टेन अमेरिकामा अभिनय गरेका क्रिस इभान्सले अब अर्को स्टान लीको जन्म सायद हुँदैन भने । उनले भने, “दशकौंसम्म स्टानले युवा र वयस्क उमेरका सबैलाई समान किसिमबाट साहस, पलायन, आत्मविश्वास, उत्प्रेरणा, सामथ्र्य, मित्रता र आनन्दित तुल्याउनुभयो ।”

मार्भेल स्टुडियोका प्रमुख केभिन फाइजले स्टानको निधनले विश्वमै एउटा रिक्तता सिर्जना गरेको बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "स्पाइडर–म्यानका परिकल्पनाकार स्टान लीकाे निधन"

Leave a comment