अमेरिकी निर्वाचन जित्ने पहिलो नेपाली बने भण्डारी

नेपाली मुलका एचबी ह्यारी भण्डारीले अमेरिकामा मंगलबार सम्पन्न निर्वाचनमा जीत हात पारेका छन्। । उनले मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट बिजय हासिल गरेका हुन । यो जीतसँगै अमेरिकाको ठूलो पदमा पुग्ने पहिलो नेपालीको रूपमा ह्यारी उभिएका छन्। ।

उनले बीस हजारभन्दा बढी मत ल्याएका छन्।

गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए । उक्त प्राथमिक निर्वाचनमा ४ जना प्रतिस्पर्धीह? थिए ।

नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी सन् २००५ मा अमेरिका प्रवेश गरेका थिए । उनी प्राध्यापन पेशा गर्छन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अमेरिकी निर्वाचन जित्ने पहिलो नेपाली बने भण्डारी"

Leave a comment