अाजदेखि सेयरबजारमा अनलाइन प्रणाली मार्फत कारोबार

आज देखि नेपालको शेयर बजारमा नयाँ युगको सुरुवात भएकाे छ। शेयर बजारका लगानीकर्ताले पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउनेछन्। यसले शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र नेपालको पूँजी बजार विकास र विस्तारको कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सले आज एक औपचारिक कार्यक्रम मार्फत पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएकाे छ। अनलाइन कारोबार प्रणालीको औपचारिक सुरुवात अर्थमन्त्री डा. युवराज खतिवडाले हाेटल याक एण्ड यतिबाट गरेका छन् ।

आज देखि सुरुवात हुने अनलाइन कारोबार प्रणाली केहि समयका लागि ब्रोकरहरुले मात्र प्रयोग सक्नेछन् । ब्रोकरहरुले आजै देखि यहि प्रणालीमा रहेर शेयर किनबेच गर्ने तथा गराउनेछन् । लगानीकर्ताले आफैँले प्रयोग गर्न भने केहि समय पर्खनुपर्नेछ ।

लगानीकर्ताले आफैँ अनलाइन प्रयोग नगरिन्जेलसम्म पुरानै प्रक्रियाबाट शेयर खरिद बिक्रीको आदेश दिनेछन् ।

अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न चाहने लगानीकर्ताले शेयर खरिद बिक्री गर्दै आएको ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिनु पर्नेहुन्छ ।

लगानीकर्ता समेत आफैँ यो पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत शेयर किनबेच गर्दा इन्टरनेटको माध्यमबाट मोवाईल, ल्यापटप र कम्युटरको सहायताले शेयर किनबेचमा सहभागी हुनसक्ने छन् ।

नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध शेयर दलालहरुले अनलाईन प्रणालीबाटै रकम प्राप्त गर्ने र भुक्तानी गर्ने सुविधा समेत पाईसकेकाले अनलाईन संचालनमा थप सहजीकरण भएको छ । जसका कारण रकम बुझाउन समेत ब्रोकरकोमा जानु पर्ने बाध्यता रहने छैन ।

त्यस्तै सिडिएस एण्ड क्लियरिङ्गले ई-डिआईएस सेवा समेत सञ्चालन गरि सकेकाले शेयर खरिद बिक्रीको राफसाफ समेत अनलाइनको माध्यमबाट नै गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अाजदेखि सेयरबजारमा अनलाइन प्रणाली मार्फत कारोबार"

Leave a comment