रेलमार्ग तथा सडक सञ्जाल विस्तार गर्न उत्तर र दक्षिण कोरिया सहमत

एजेन्सी । उत्तर र दक्षिण कोरिया आपसी सहकार्यमा सिमा क्षेत्रमा रेलमार्ग तथा सडक सञ्जाल विस्तार गर्न सहमत भएका छन् । कोरियाली प्रायद्वीपमा सहयोग र सहकार्य बढाउन संयुक्त रुपमा रेलमार्ग निर्माण गर्न दुबै कोरियाले सहमती गरेका कोरियाली समाचारसंस्था योनहापले लेखेको छ । यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो सातादेखि सिमा क्षेत्रमा रेलमार्ग र सडकमार्ग सम्बन्धी संयुक्त योजनाको निर्माण सुरु गर्नेगरि आज सहमती भएको समाचारमा उल्लेख छ ।

संयुक्त परियोजना निर्माण गर्ने सहमतिपत्रमा दक्षिण कोरियाका एकिकरणमन्त्री चो म्योङ्ग ग्योङ र उत्तरका समकक्षी रि सोन ग्योनले हस्ताक्षर गर्नुभएको छ । कोरियाली प्रायद्वीपमा रहेका पानमुन्जोम र दक्षिण कोरियाली क्षेत्रमा रहेको शान्ति भवनमा भएका विभिन्न उच्चस्तरीय वार्तापछि दुई कोरियाबीचको सहकार्यको सहमति भएको हो ।

दुवै देशका प्राविधिक समुह र रेल सेवा विभागका अधिकारीहरुले गरेको स्थलगत निरीक्षणपछि संयुक्त रुपमा परियोजना निर्माणमा सहमति भएको थियो । रेलमार्ग निर्माणका लागि स्थलगत निरीक्षण गर्नका लागि पनि शुरुमा दुई कोरियाबीच पत्राचार भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "रेलमार्ग तथा सडक सञ्जाल विस्तार गर्न उत्तर र दक्षिण कोरिया सहमत"

Leave a comment