पेट्रोल डिजेल अभाव हुन्नः निगम

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अभाव नहुने भएकाले ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको छ । हिजोदेखि काठमाडौंका पेट्रोल पम्पहरुमा सवारी साधन लाइन लागेपछि निगमले यस्तो आग्रह गरेको हो । दशैं मान्न उपत्यकाबाट बाहिरिने साना ठूला सवारीको चाप बढेसँगै पेट्रोलियम पदार्थको माग दोब्बर भएको छ ।

निगमका प्रवक्ता बिरेन्द्र गोइतले हिजोदेखि पेट्रोल पम्पहरुलाई मागेजति तेल वितरण गरिरहेकाले अभाव नहुने बताए । सामान्य बेला उपत्यकामा दैनिक ५ लाख लिटर पेट्रोल खपत हुने गरेपनि हिजो पम्पहरुलई ११ लाख लिटर उपलब्ध गरइएको उनको भनाई छ ।

‘आज र भोली पम्पहरुले मागेजति तेल दिन्छौं, प्रवक्ता गोइतले भने, पम्पहरुमा मनग्य तेल भएपछि अभाव हुँदैन ।’ दशैंका तीन दिन अष्टमी, नवमी र दशमीमा देशभरकै डिपो बन्द हुने भएकाले आज र भोली पम्पहरुलाई पर्याप्त तेल उपलब्ध गराइने गोइतले बताए ।

निगमले अघिल्ला दशैंहरुमा पनि केही दिन डिपो बन्द गर्ने गरेको थियो । डिपो बन्द हुँदापनि कर्मचारी रहने भएकाले अभाव हुने अवस्था आए तत्काल डिपो खोलेर तेल दिईने प्रवक्ता गोईतले बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पेट्रोल डिजेल अभाव हुन्नः निगम"

Leave a comment