मंंगलबारदेखि प्रहरीको निःशुल्क बस सेवा, कहाँ कहाँ छ रुट ?

काठमाडौं । नेपाल प्रहरीले दशैंलाई लक्षित गर्दै भोलिदेखि तीन दिन काठमाण्डौमा निःशुल्क बस सञ्चालन गर्ने भएको छ । अष्टमी, नवमी र विजया दशमीको दिन विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म काठमाण्डौको तिनवटा रुटमा बस सञ्चालन गर्ने नेपाल प्रहरीले जनाएको छ ।

पहिलो रुट अन्तर्गत प्रहरीको बस नक्शालबाट छुटेर पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, शहीदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्शालसम्म पुग्नेछ ।

त्यस्तै अर्को रुटमा नक्शालबाट छुटेर मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहीदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्शालसम्म पुग्नेछ । तेस्रो रुटमा नक्शालबाट सुरु भई जयनेपाल हल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजुचोक, नयाँ बसपार्क, तिलिंगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला, रातोपुल हुँदै नक्सालसम्म पुग्ने नेपाल प्रहरीले जानकारी दिएको छ ।

हेर्नुहाेस् चित्रमाः-

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मंंगलबारदेखि प्रहरीको निःशुल्क बस सेवा, कहाँ कहाँ छ रुट ?"

Leave a comment