निर्मला प्रकरणः हत्या उखुबारीमा भएकाे हाेइन, ‘जन्म बैशाखमा जन्मदिन पार्टी भदाैमा’

भानुभक्त आचार्य । धनगढी । कञ्चनपुर कि १३ बर्षिया किशोरी निर्मला पन्त बलात्कार हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । दर्जन बढि छानबिन समितिको प्रतिबेदनले अनुसन्धान गर्नेहरु माथिनै अनुसन्धान हुनुपर्ने निकर्ष निकालेको छ । अनुसन्धानमा खटिएकाहरु र लापरबाहि गरेका भनिएकाहरु लाई सरकारले निलम्बन गरेपनि घटना कसरी र कसले ग¥यो भन्ने तथ्य अझै रहस्यको गर्भमै छ । गृह मन्त्रालयले सहसचिव हरिप्रसार मैनालीको संयोजकत्वमा गठन भएको समितिले बुझाएको प्रतिबेदन गृह मन्त्रालयले सार्वजनिक गरेको छ । उच्च स्तरि छानबिन समितिका सदस्य बिरेन्द्र केसीले छानबिन समितिको निकर्षलाई आधार मानेर अनुसन्धान गरे दोषी पत्ता लाग्ने दाबि गरेका छन् ।

उखुबारीमा हत्या भएको होइनः केसी
‘लाशलाई घोप्टो पारेर फालिएको थियो । प्रमाणहरु भेटाउने अवस्था थिएन तर हामी एउटा कुरामा पक्का भयौं कि हत्या उखुबारीमा भएकै होइन’ उच्च स्तरिय छानबिन समितिमा सदस्य बिरेन्द्र केसीले भने ‘हत्या त्यहाँ भएको भए मृतकको मुखमा माटो र फोक्सोमा पानी हुनुपथ्यौं त्यस्तो थिएन’ । उनले हत्या रहस्यमय भएको बताए । ‘घटनास्थलमा फेला परेको कपी हेर्दा घटना थप जटिल हामीले पायौं । केसीले भने ‘कपी मिलाएर राखिएको थियो, रातभर पानी पर्दा पनि कपी भिजेको थिएन, कपीमा लेखिएका अक्षरहरु पनि स्पष्ट थिए ।’

‘अम्वाको प्लाष्टिक च्यातिएको अवस्थामा थिएन, जबरजस्ती साइकल पल्टाएर बालिकालाई लगेको भए बालिकाको कपी मिलाएर राखेको जस्तो र अम्वाको प्लाष्टिक नच्यातिएको अवस्थामा रहने थिएन’ समितिको प्रतिवेदनमा पनि उल्लेख छ ।

नेपाल सरकारको गृह मन्त्रालय स्तरबाट भदौं ७ गतेको निर्णय अनुसार उच्च स्तरिय छानबिन समिति गठन गरिएको थियो । भदौं ८ गते स्थलगत रुपमा समितिले छानबिन ग¥यो । समितिमा सदस्य रहेका सुदूरपश्चिम प्रदेशको अन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिब केसीले कञ्चनपुरमा पुगेर सुरुदेखि छानबिन गरेको बताए ।

‘निर्मला पन्त हत्या प्रकारणमा अनुसन्धानको प्रकृया कसरी भयो , मुख्य अभियुक्त पत्ता लगाउने गतिबिधी र पक्राउ गर्ने बिषयमा पनि छानबिन गरेका थियौं ।’ केसीले सुनाए । केसीले भने ‘हामी सर्वप्रथम आम नागरिकहरुको भनाइलाई बुझ्ने प्रयास गरेका थियौं । घटना स्थलको अवस्था अवलोकज ग¥यौं, उखु बारिमा घटना भयो कि भएन भनेर गयांै र प्रहरीले सोधपुछका लागि लगेको ब्यक्तिहरुलाई पनि बुझ्यौं ।’ ‘छानबिनका क्रममा निर्मलाको हत्या उखुबारीमा नभएको पाइयो ’ केसीले भने । छानबिन समितिको प्रतिबेदनमा पनि यस बिषयमा थुप्रै तथ्यहरु उल्लेख गरिएको उनले बताए । ‘सत्यतथ्य सार्वजनिक नहुने जस्तो भएपछि मैले राजीनामा दिए’

‘घटना पछि अस्वभाविक गतिबिधि बढिरहेका थिए । जसले गर्दा सर्वसाधरण नागरिकहरुलाई अनुसन्धान निश्पक्ष नभएको भान परेको थियो । त्यसैले गर्दा पनि घटनाले थुप्रै मोडहरु लियोे’ आफ्नो राजीनामा प्रसंग निकाल्दै केसीले भने । ‘मेरो वुवा पनि निजामति सेवामा हुनुहनुन्थ्यो । ‘मैले उहाँबाट गलतलाई सहि भन्नुुहुन्न, न्यायको पक्षमा कसैसंग सम्झौता गर्नुहुन्न भन्ने सिकेको छु,त्यसैलाई आत्मा साथ गरेर राजीनामा बुझाएको हु’ उनले थपे ‘म समितिमा रहदा निर्मालाको परिवारले न्याय नपाउने अवस्था सृजना हुनथालेपछि मैले राजिनामा दिएर बाहिर निस्किय । मैले त्यो सार्वजनिक मिडियामै भनेको छु ।’

आफ्नो राजीनामाले निर्मलाको परिवारलाई न्यान दिलाउन सहज भएको केसीले दाबि गरे । प्रतिबेदनको अन्त्यमा केसीको भनाइ पनि समेटिएको छ । सार्वजजिक पद धारण गरेको ब्यक्तिलाई समितिको काम चित्त बुझेन भनेर समितिबाटै राजीनामा दिने आट कहाँ बाट भन्ने प्रश्नमा उनले समितिमा बसेर पनि निर्मलाको परिवारलाई न्याय दिन सकिएन भने कुनै अर्थ नरहेको बताए । ‘मेरो सानो अठोटले गर्दा निमर्ला हत्या प्रकरण सार्वजनिक हुने छ’ केसीले बिश्वास ब्यक्त गरे ।

प्रहरीको भूमिका संकास्पद

केसीले घटना भएदेखी प्रहरीको गतिबिधि र भूमिका संकास्पद रहेको बताएका छन् । उनले प्रहरीले गरेको लापरबाहिले अपराधी पक्राउ गर्न ढिलाइ भइरहेको दाबि गरे । ‘प्रहरीले दोशी भनेर सार्वजनिक गरेका र संका गरेकाहरुलाई पनि हामीले सोधपुछ गरेका थियौं । उहाँहरु हाम्रो घटनामा कुनै संलग्नता रहेको थिएन, हामीलाई स्वीकार्न लगाइयो भने ।’

घटना स्थल, वरपरको अवस्था र स्थानीयहरुको कुराले पनि प्रहरीको भूमिका प्रति प्रश्नचिन्ह्र उठेको केसीले बताए । ‘सनाखत मुचल्कामा मृतकका बुवा यज्ञराज पन्तको फेक सहिछाप पाइँयो ’ केसीले भने ‘ निर्मलाको बुवा १२ गते ९ बजे कञ्चनपुर पुगेका छन्, तर ११ गते उनको सनाखत मुचल्कामा सहिछाप भएको देखिन्छ, यो रहस्यमय होइन’ उनले प्रश्न गरे । छानबिन प्रतिबेदनमा पनि शव भएकै स्थानमा मृतकि आमा हुँदा पनि नेपालमा नभएका वुवाको सहिछाप गरिएको उल्लेख गरिएको छ ।

‘अम्बाको दानालाई प्रमाणको रुपमा लिनुपर्ने थियो त्यसो भएन ।’ केसीले भने ‘प्रहरीले कहिँकतै अम्बाको दानालाई प्रमाणको रुपमा उल्लेख गरेको छैन । उता प्रहरीले अम्वा उल्लेख नगर्नु र यता अम्बाको रुख काटिनुले पनि प्रहरीको भूमिकामा संका पैदा भएको छ’ केसीले भने । समग्र अनुसन्धान प्रकृयामै लापरबाहि भएको केसीको दाबि छ ।

बर्थडेपार्टीनै रहस्यमय
तत्कालिन एसपी डिल्लिराज बिष्टका छोरा किरणराज बिष्टको बर्थडे पाटीनै रहस्यमय रहेको केसीले बताए । ‘हामीले सोधपुछ गर्दा मेरो जन्म दिन हो भनेका थिए, तर उनको नागरिकतामा जन्म मिति बैशाख १० गते उल्लेख रहेको हामीले पायौं’ केसीले भने । प्रतिबेदनमा यस बिषयलाई उल्लेख गरिएको छ । बैशाख १० गते जन्मिएका किरणले भदौैं १० गते किन बर्थडेपाटी गरे भन्ने बिषय पनि रहस्यमा रहेको छ ।

‘निर्मलाका मामाको फरक ब्यबहार’
निर्मला पन्तका मामा तिर्थराज भण्डारीले गरेको भूमिका पनि संकास्पद रहेको छ । त्यो घटना हुनुभन्दा अघि सम्म मामा निर्मलाको घरमा नगएको स्वयम निमर्लाको बुवा आमाले भनेका छन् । आफै भाइ केशव भण्डारी यहि हुदाँ हुदै डोटीबाट आएर फरक ब्यवहार गरे ।

‘यस्तो बेला दिदी भिनाजुलाई सान्तोना दिनुपर्नेमा, सहयोग गर्नुपर्नेमा लाश जलाउन दबाद दिएको पाइएको छ । भारतबाट आउँदै गरेका निर्मला पन्तका बुुवालाई घरमा पस्नै नदिएर बाटोबाटै समातेर लगेको निर्मला पन्तको बुवाआमाको भनाइ छ ।’प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यो भूमिकाले पनि प्रश्न चिन्ह्र उब्जाएको छ । सदगद गर्न लगाएको तर आफू नगएको र त्यसपछि मोवाइल आफ गरिएको कुरा प्रतिबेदनमा उल्लेख छ ।

‘दोषी पक्राउ पर्ने कुरामा म बिश्वस्त छु’

‘निर्मला हत्या प्रकरण चाडैं बाहिर आउने कुरामा म बिस्वस्त छु । मैले प्रतिवेदनमा उल्लेख गरेका बिषयबस्तुरुहरुनै निर्मलालाई न्याय दिलाउन प्रयाप्त छन्’ केसीले सुनाए । उनले भने ‘हामीले घटनाका प्रमाणहरु खोजेका छौं । ती प्रमाणहरु प्रतिवेदनमा समाबेश गरिएको छ ।

सबै संकास्पद ब्यक्तिहरुलाई सोधपुछ गरिएको छ । उनिहरुको अभिब्यक्ति पनि समाबेश गरिएको छ । मेरो तर्फबाट भन्नुपर्दा त्यति कोणबाट अनुसन्धान भयो निर्मलाका परिवारले न्याय पाउछन् ।’

छानबिन समितिको प्रतिबिदनले थुप्रै तथ्यहरु उजार गरेको उनले बताए । यसैलाई आधार मानेर अनुसन्धान भयो भने दोशी उम्कन नसक्ने केसीको बिश्वास छ । सरकारले हामीलाई घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिबेदन बुझाउन निर्देशन दिएको थियो, त्यो अनुसार घटनाको अनुसन्धान भएको छ । यसैलाई आधार मानेर अनुसन्धान हुन आवश्यक छ ।’

निर्मला पन्तको हत्यापछि लामो समय बितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि फौजदारी न्याय पद्धतिमा ठूलो असर गरेको केसीले बताए । ‘अब जनताले सत्य कुरा पनि विश्वास नगर्ने अवस्था सृजना हुन्छ कि भन्ने मेरो डर हो’ केसीले भने ।

{उच्चस्तरिय छानबिन समितिको प्रतिबेदन र समितिका सदस्य बिरेन्द्र केसीसंगको कुराकानीमा आधारीत}

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "निर्मला प्रकरणः हत्या उखुबारीमा भएकाे हाेइन, ‘जन्म बैशाखमा जन्मदिन पार्टी भदाैमा’"

Leave a comment