काठमाडाैंबाट सिन्धुली हुंदै साइकलमा सरर जनकपुर

काठमाडाैं । काठमाडाैं-सिन्धुली-जनकपुर-काठमाडाैं साइकल यात्रा हुने भएकाे छ।  २२५ किलाेमिटर दुरीमा  हुने साइकल यात्रालार्इ राइड टू सिन्धुलीगढी नाम दिइएकाे छ ।

सिन्धुलीगढी किल्लामा नेपाली फाैजले अंग्रेजबिरूद्ध विजयी हासिल गरेकाे २५१ अाैँ वर्षगाठ मनाउन याे राइड अायाेजना हुन लागेकाे हाे। चारदिनसम्म चल्ने साइकल यात्रा काठमाडाैंबाट शुरू भएर सिन्धुलीगडी हुंदै जनकपुर पुगेर फेरी काठमाडाैं नै फर्कीए पछि सकिने छ ।

३ रात ४ दिनकाे साइकल यात्रामा सहभागीले कहाँदेखि कहाँसम्म सहभागिता जनाउने अाफै छान्न सक्नेछन् । काठमाडाैं-सिन्धुलीगढी-सिन्धुलीमाडीसम्मकाे यात्रा  जम्मा २ रात ३ दिनकाे हुनेछ ।

नेपाली नागरिकले याे यात्रामा सहभागी हुन् ३५ सय रूपैयाँ मात्रै तिरे पुग्छ । त्यस्तै काठमाडाैं-सिन्धुलीमाडी – जनकपुरकाे यात्रा ३ रात ४ दिनकाे हुनेछ र याे यात्रामा सहभागी हुन्  ४५ सय मात्रै  लाग्छ । त्यस्तै सिन्धुलीमाडी-वर्दिवास-जनकपुरसम्मकाे अर्काे छाेटाे यात्रा पनि साइकल यात्रामा समेटिएकाे छ ।  याे यात्रा १ दिनकाे मात्रै हुनेछ । जम्मा खर्च १५ सय रूपैयाँ मात्रै लाग्नेछ ।

याे यात्रामा सहभागयता जनाउन चाहने विदेशीहरूका लागि २ तहमा मूल्य ताेकिएकाे छ । सार्क मुलुकका सहभागिले एक सय डलर र अन्यका लागि १६० डलर यात्रा खर्च ताेकिएकाे छ । सकेसम्म यात्री अाफैले साइकलकाे व्यवस्था गर्नु पर्नेछ अन्याथा अायाेजकले पनि साइकल उपलब्ध गराउने प्रबन्ध गर्नेछ ।

याे यात्रामा जान इच्छुकले १५ अक्टाेबर अर्थात असाेज २९सम्म अाफ्नाे रजिष्ट्रेशन गरीसक्नु पर्नेछ । साइकल यात्रा डिसेम्बर ९,१०,११ र १२ गते अर्थात मंसिर २३,२४,२५ र २६ गते हुनेछ । हरेक वर्ष हुंदै अाएकाे याे कार्यक्रमलार्इ समृद्ध सिन्धुली,सानाे पाइला र फ्याक्ट नेपालले अायाेजना गरेकाे हाे । कार्यकमलार्इ नेपाल पर्यटन बाेर्डले प्रवर्धन गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काठमाडाैंबाट सिन्धुली हुंदै साइकलमा सरर जनकपुर"

Leave a comment