विशेषज्ञका नजरमा, “बिश्व दृष्टि दिवस”,

बिनोद दहाल (तुलसी),नेत्र अधिकृत बिर्तामोड आँखा अस्पताल

अक्टोवर महिनाको दोस्रो विहिवार आँखा स्वास्थ्य क्षेत्रको लागी अत्यन्तै महत्वपूर्ण दिन हो । हरेक बर्ष यस दिनलाई “ बिश्व दृष्टि दिवस” को रूपमा मनाउने गरिन्छ । यो बर्षको दृष्टि दिवश ११ अक्टोवर( २५ आश्विन) का दिन बिश्वभर आँखा स्वास्थ्य सम्बन्धि चेतना जगाउन बिबिध कार्यक्रमहरू गरि मनाईदैछ । सन् १९९८ मा बिश्व स्वास्थ्य संगठन, अन्धोपन निवारण सम्बन्धि अन्तर्राष्ट्रिय संस्था IAPB तथा लायन्श क्लव इन्टरनेशनलको अगुवाइमा पहिलो पटक विश्व दृष्टि दिवस मनाएर यो परम्पराको थालनी गरिएको हो । हरेक बर्ष अलग अलग नारा दिएर मनाउदै आएको यो दिवसले यस पटक “आँखा सेवा सबैका लागी ” (Eye Care every where) भन्ने नारा अघि सारेको छ । आँखा स्वास्थ्य सम्बन्धि बिबिध कार्यक्रमहरू गरि समुदायमा आँखाको हेरचाह तथा उपचार सम्बन्धि चेतना जगाउनु , उपलब्ध आँखा उपचार सेवाको अधिकतम उपयोग गर्न अभिप्रेरित गराउनु तथा विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरूलाई आँखा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरू सञ्चालन गर्न अभिप्रेरित गर्ने उद्घेश्यका साथ दृष्टि दिवशमा विविध कार्यक्रमहरू आयोजना गरि ति संघ संस्थाहरूको आँखा उपचार सेवाका निमित्त ध्यान आकर्षण गर्ने गरिन्छ ।

आँखा स्वास्थ्य तथा दृष्टि अनि अन्धोपनको कुरा गर्दा अन्धोपन गराउनृे कारणहरू बारे पनि केहि चर्चा गर्नु आवश्यक हुन्छ । कुनै पनि व्यक्तिको आँखाको देख्ने शक्तिलाई बिभिन्न चार भागमा वर्गिकरण गरिएको हुन्छ । विश्व स्वास्थ्य संगठनले गरेको यो वर्गिकरण अनुसार सामान्य दृष्टि भएका , न्यून दृष्टि भएका , अत्ति न्यून दृष्टि भएका र दृष्टि बिहिन गरि चार भागमा बाँडिएको छ । बिश्वमै अन्धोपन अर्थात दृष्टि विहिन गराउने प्रमुख कारणमा “ मोतिबिन्दु ” भन्ने बिरामी पर्दछ । मोतिविन्दु पश्चात अन्धोपन गराउने कारणह?मा आँखाको प्रेशर सँग सम्बन्ध राख्ने जलबिन्दु , आँखाको चोटपटकहरूले गर्दा हुने आँखाको नानिको फुलो , चिनी रोगका कारण आँखामा आउन सक्ने खरावीहरू, उमेरका कारण रेटिनामा दाग बस्ने आदि पर्दछन् ,भने न्यून दृष्टि र अति न्यून दृष्टि गराउने प्रमुख कारण चाहिँ दृष्टिदोष ९चश्माको आवश्यकता भएको हो । आम जनमानसमा यि रोगहरूको बारेमा धेरै जानकारी त छैन तर हेक्का राख्नु पर्ने कुरा के छ भने करिब नब्बे प्रतिशत अन्धोपन तथा न्यून दृष्टिलाई सामान्य उपचार, शल्यक्रिया तथा चश्माको प्रयोग द्धारा हटाउन सकिन्छ । बिश्व स्वास्थ्य संगठनले हटाउन सकिने अन्धोपनलाई अबको दुई बर्षभित्र अर्थात सन् २०२० सम्ममा हटाइसक्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ । “ हटाउन सकिने अन्धोपनलाई ” सन् २०२० सम्ममा हटाइसक्ने बिश्व स्वास्थ्य संगठनको यो लक्ष्य प्राप्तिको लागी हाम्रो देशका बिभिन्न गैह्र सरकारी तथा निजी संघ संस्थाहरूले आँखा शिविर कार्यक्रम , विद्यालय आँखा जाँच तथा सचेतना कार्यक्रम , समुदायमा शल्यक्रिया कार्यक्रमहरू चलाउँदै आइरहेका छन् ।

नेपालमा आँखा उपचार सेवाको इतिहास हेर्ने हो भने करिब ४५ बर्ष अघि बाट अर्थात सन् १९७० को दशक देखि मात्र आँखा उपचार सेवा शुरू भएको पाइन्छ । १९७० को दशकमा केहि बिदेशी आँखाका डाक्टर , प्राबिधिक लगायत सहयोगीह?को टोली नेपाल आएर बिभिन्न स्थानमा आँखा शिविरह?को आयोजना गर्ने अनि त्यहाँ मोतिविन्दुको शल्यक्रिया गर्ने गरिन्थ्यो । निश्चित अवधिको लागी मात्र आयोजना गरिने यस्ता शिविरहरू बाट सिमित मानिसहरूले मात्र उक्त सेवाको उपभोग गर्न पाउँथे । त्यो समयमा बार्षिक करिब आठ सय जना रोगीहरूको मोतिविन्दुको शल्यक्रिया त हुन्थ्यो तर स्थायी रूपमा आँखा उपचार केन्द्र तथा अस्पताल नभएका कारण शल्यक्रिया पश्चात आउन सक्ने संक्रमण तथा जटिलताह?को समयमा उचित उपचार र व्यवस्थापन हुन नसक्दा शल्यक्रिया गरेको आँखा नै गुम्न सक्ने खतरा पनि अत्यधिक थियो । यस्ता खालका आँखा शिविरहरू मुलत पहाडि भेगहरूमा आयोजना गर्ने गरिन्थ्यो भने सिमावर्ति तराई भेगका आँखाका रोगीहरू भने छिमेकी मुलुक भारतका सिलीगुढी, गोरखपूर , सितापूर लगायतका स्थानमा गई आँखा उपचार गराउने गरेको इतिहास छ । १९७० को दशक देखी नेपालका प्रमुख चार वटा अस्पताल काठमाण्डौ, विराटनगर , जनकपूर र पोखरा मा आँखाको विभाग स्थापना गरि सेवा सञ्चालन त शुरू गरियो तर त्यो बेला देशभरमा जम्मा सात जना मात्र आँखा रोग बिशेषज्ञहरू कार्यरत थिए । नेत्र रोग बिशेषज्ञ बाहेक आँखा उपचारमा आवश्यक अन्य दक्ष प्राविधिकहरू उपलब्ध नै थिएनन् । मोतिविन्दु , खस्रे रोग , आँखाको नानिमा हुने संक्रमण तथा फुलो पर्नु , भिटामिन–ए को कमिले गर्दा हुने अन्धोपन जस्ता समस्याहरूबाट ग्रसित हाम्रो देशमा सन् १९८० को दशकले भने आँखा उपचारमा यौटा गतिलो फड्को मार्दै अन्धोपन निवारणमा महत्वपूर्ण कार्यक्रमहरूको थालनी गर्न सफल भयो । बिश्व स्वास्थ्य संगठनले नेपाल सरकार सँगको सहकार्यमा “राष्ट्रिय अन्धोपन निवारण आयोजना” को स्थापना गरि नेपालको अन्धोपन बिरूद्धमा बिभिन्न कार्यक्रमह?को शु?वात गर्याे । फलस्वरूप सन् १९८१ मा “राष्ट्रिय अन्धोपन सर्वेक्षण ”को आयोजना गरियो ।

बिश्व स्वास्थ्य संगठनले विश्वकै “उदाहरणिय र उत्कृष्ट” भनि प्रशंसा गरिएको उक्त सर्वेक्षणले नेपालमा बिद्यमान अन्धोपनको अबस्था तथा उक्त अन्धोपनको निवारणमा अगाडी चाल्नु पर्ने कदमह?को स्पष्ट खाका तयार पारिदियो । सोहि बर्षबाट अन्धोपन निवारणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न दक्ष प्राविधिक, जनशक्ति “नेत्र सहायक” को उत्पादन गर्ने कार्यको थालनी गरियो भने १९८७ बाट वि।पी। कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान महाराजगंजमा ‘नेत्र बिशेषज्ञ’ को अध्ययन शुरू भयो । एकातिर देशमा नेत्र बिशेषज्ञहरूको संख्यामा बृद्धि हुदै गयो , नेत्र सहायकहरू उत्पादन हुँदै गए भने अर्काे तर्फ धेरै बिदेशी दातृ निकायहरूले नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने उद्धेश्यले बिभिन्न आँखा अस्पतालहरूको स्थापना गरे । क्रिस्टोफर ब्लाइन्डेन मिसन भन्ने जर्मनीको संस्थाले सगरमाथाको लाहानमा , आइ केयर फाउण्डेशन भन्ने नेदरल्याण्डको संस्थाले गण्डकीको पोखरा र मेचीको बिर्तामोडमा, सेवा फाउण्डेसन भन्ने अमेरीकी संस्थाले लुम्विनीको भैरहवामा , नोराड भन्ने नर्वेको संस्थाले धनगडीमा ठुला आँखा अस्पतालको स्थापना गरि आँखा उपचार सेवाको सु?वात गरे । अर्काे तर्फ दातृ राष्ट्रहरू, नेपाल सरकार र आँखा उपचारमा संलग्न संघ संस्थाहरू बिच समन्वय गर्ने उद्धेश्यका साथ नेपाल नेत्र ज्योति संघको पनि स्थापना भयो ।

अहिले नेपाल नेत्र ज्योती संघले देशभरीको अाँखा उपचार प्रदायक संघ संस्थाह?को संयोजन र अनुगमन गर्दै गुणस्तरीय आँखा उपचार सेवाका लागी काम गरि रहेको छ । यसरी आँखा उपचार सेवामा नेपालले उल्लेख्य मात्रामा सफलता हाँसिल गर्दै अघि बढिरहेको अवस्थामा सन् २०१० को दशक बाट निजि स्तरमा समेत धेरै आँखा उपचार केन्द्र र अस्पतालहरू सञ्चालनमा आउन थालेका छन् । निजी स्तरबाट सञ्चालनमा ल्याइएका यि अस्पतालहरूले बिश्व स्वास्थ्य संगठनले ल्याएको “सबैलाइ दृष्टि”, “हटाउन सकिने अन्धोपनको उन्मुलन” जस्ता कार्यक्रमहरूको प्रभावकारीतामा थप सहयोग पू¥याउन थालेका छन् । आँखा उपचार सेवामा निजी क्षेत्रको प्रवेशले आँखा सेवाको गुणस्तरियता वृद्धि, नयाँ प्रविधिहरूको बिकाश र प्रयोगका साथै उच्च गुणस्तरीय सेवा प्रदानमा देखाइएको सक्रियताले नेपालमा अन्धोपन निवारण गर्ने कार्यमा थप सहजता उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विशेषज्ञका नजरमा, “बिश्व दृष्टि दिवस”,"

Leave a comment