अमेरिकामा सय बर्षपछिको खतरनाक आँधी

अमेरिकामा एक सय वर्षपछि कै सबैभन्दा खतरनाक आँधी आएको बताइएको छ । ‘माइकल’ नाम दिइएको आँधी अमेरिकाको फ्लोरिडा राज्यको तटसम्म पुगेको छ । उक्त आँधी श्रेणी ४ मा परिवर्तन भएको छ । अर्थात् यो आँधीलाई एकदमै खतरनाक मानिएको छ ।

यो आँधीमा परी हालसम्म मध्य अमेरिकामा कम्तीमा १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । राष्ट्यि तुफान केन्द्रका अनुसार बुधबार दिउँसो आँधीले फ्लोरिडाको मेक्सिको तटमा प्रवेश गरेको थियो ।

२५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको यो आँधीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ ।

फ्लोरिडामा ३ लाख ७० हजारभन्दा बढी मानिसहरुलाई आफ्नो ठाउँ छाड्न र उच्च स्थानमा गएर बस्नका लागि आदेश दिइएको छ । तर सबैले आफ्नो घर छाड्न सकेका छैनन् । केही मानिसहरु मात्र उक्त ठाउँ छोड्न सफल भएको बताइएको छ । गभर्नर रिक स्कटले चेतावनी दिएका छन् कि, अब त्यहाँबाट निस्कने समय सकिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अमेरिकामा सय बर्षपछिको खतरनाक आँधी"

Leave a comment