दशैँलाई लक्षित गरी सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र अर्थात रुट परमिट खुला गरेको छ । विभागले दशैँलाई लक्षित गरी काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पु-याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने बताए ।

उनका अनुसार यो अवधिमा एउटा रुटमा चल्ने इजाजत पाएका गाडिले कुनै ठाउँमा जान रुट परमिट लिनु पर्दैन । यस्तै दशैं मान्न राजधानी छाड्ने यात्रुको सहजताका लागि नारायणगढदेखि काठमाडौंसम्म ठूला मालबाहक सवारीसाधन आजदेखि एक साताका लागि बन्द गरिएको विभागले जनाएको छ ।

आजदेखि आउँदो ३१ गतेसम्मका लागि ठूला मालबाहक कन्टेनरहरु यस सडकखण्डमा गुड्न पाउने छैनन् । त्यसको अनुगमन र कारवाहीका लागि ट्राफिक प्रहरीलाई अग्रह गरिएको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दशैँलाई लक्षित गरी सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला"

Leave a comment