बाजागाजा सहित निकालियो साँढेको शवयात्रा, कारण यस्तो

कोही मानिस वा कुनै पनि जनावर मर्दा मानिसहरु रुने तथा दुःख प्रकट गर्ने गर्दछन् । तर बिहारको गया जिल्लाको बारा बजार इलाकामा शवयात्राका क्रममा एउटा अनौठो दृश्य देखिएको थियो । हर–हर महादेवको नाराको धुन र ढोलकको थापका बीच एउटा साँढेको शवयात्रा निकालिको थियो ।

भाईचाराको मिसाल पेश गर्दै उक्त शवयात्रामा करिब १५० जना शामिल भएका थिए, जसमा हिन्दु र मुसलमान दुबै समुदायका मानिसहरु थिए । साँढेको शवलाई एउटा बेलगाडीमा राखिएको थियो र त्यसको कफनलाई फूलमालाले सजाइएको थियो ।

स्थानीय मानिसहरुले उक्त शव राखिएको गाडीलाई पूरै बजारमा घुमाए । करिब १० बर्ष उमेरको उक्त साँढेलाई केही मानिसहरु ‘बादशाह’ भन्दथे त कसैले ‘डन’ ।

स्थानीय मानिसका अनुसार साँढेको मृत्यु विषालु औषधी खाएका कारण भएको थियो । उनीहरुले साँढेलाई मानिसलाई जस्तै इज्जतका साथ दफन गर्नका लागि चन्दा स्वरुप ४ हजार जम्मा गरेका थिए । जसबाट उनीहरुले उक्त साँढेलाई सम्मान साथ दफन गरेका थिए ।

त्यहाँका स्थानीयहरुले बताए अनुसार, एकातर्फ गोरक्षा (गाईको रक्षा) को नाममा देशमा हिन्दु–मुस्लिमको कुरा भइरहेको छ । जहाँ मानिसहरु घृणाको राजनीति गरिरहेका छन् । यसका विरुद्ध सन्देश दिनका लागि त्यहाँका हिन्दु–मुस्लिम समुदायका मानिसहरुले मिलेर उक्त शवयात्रा निकालेका हुन् ।

उनीहरुले सबै मानिसहरु एकआपसमा मिलेर बस्नुपर्छ भन्ने सन्देशका लागि उक्त काम गरेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बाजागाजा सहित निकालियो साँढेको शवयात्रा, कारण यस्तो"

Leave a comment