भीरबाट लडेर एक युवतीकाे मृत्यु

बनेपा, असोज २४ । पनौती नगरपालिका–१० मा एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ । घाँस काट्न गएकी सालिमटारकी ३५ वर्षीया तियुकी तामाङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार मंगलबार दिउँसो घरबाट घाँस काट्न जङ्गल गएकी तामाङ बेलुका घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार बिहान घरदेखि डेढ किलोमिटर टाढाको ठूलो भिर भन्ने ठाउँमा लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "भीरबाट लडेर एक युवतीकाे मृत्यु"

Leave a comment