स्वचालित अमेरिकी पेस्ताेलसहित एक जना पक्राउ

विरगञ्ज । जिल्ला प्रहरी कार्यलयकाे विशेष टाेलीले स्वचालित अमेरिकी पेस्ताेल सहित एक जनालार्इ नियन्त्रणमा पक्राउ गरेकाे छ ।चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना अनुसार खटिएको सादापोशाककाे प्रहरी टोली  मंगलबार जिल्लाकाे पर्टेर्वासुगौलि गाउँपालिकाबाट मनोज पासवानलार्इ हतियारसहित पक्राउ गरेकाे हाे ।

फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा पासवान शंकाष्पद तवरले पैदल हिंडिरहेको देखपछि प्रहरीले खनतलासी गरेकाे थियाे । मेड इन अमेरिका लेखिएकाे एक थान पेस्ताेल र एक थान खाली म्यागजिन पासवानकाे साथबाट फेला परेकाे थियाे । उनलार्इ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भर्इ रहेकाे पर्शा प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "स्वचालित अमेरिकी पेस्ताेलसहित एक जना पक्राउ"

Leave a comment