सीतापाइलामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, असोज २४ । काठमाडौँ सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले मंगलबार राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते लामाको उपचारका क्रममा मंगलबार राति २ बजे मनमोहन अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि रहेका काभ्रेकै २३ वर्षीय प्रकाश तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सीतापाइलामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु"

Leave a comment