बलीउडमा एकपछि अर्काे यौन शोषणका घटनाः ‘संस्कारी’ आलोक नाथ माथि लाग्यो बलात्कारको आरोप

बलीउडमा आजकल एकपछि अर्काे यौन शोषण र यौन दुर्व्वहारका घटनाबारे खुलासा भइरहेको छ । पहिले तनुश्री दत्ता र कंगना रनावतले यौन शोषणको आरोप लगाए । अब यस्तै आरोपको चपेटामा सिरियल तथा हिन्दी सिनेमाजगतका ‘संस्कार बाबू’ पनि आएका छन् ।

बलीउडमा आलोक नाथको छवी ‘आदर्शवान र संस्कारी’ व्यक्तिका रुपमा रहेका छ । तर उनीमाथि यौन शोषणको आरोप लागेको छ । उक्त आरोप १९९० को दशककी टेलिभिजनकी चर्चित निर्माता तथा लेखिका भिनता नंदाले लगाएकी हुन् । उनले सोशल मिडियामा एउटा लामो पोस्ट शेयर गर्दै आलोक नाथले आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी हुन् ।

उनले पोस्टमा लेखेकी छिन्, ‘मलाई पार्टीमा बोलाइएको थियो । उनकी पत्नी अर्थात् मेरी बेस्ट फ्रेन्ड त्यस समय सहरभन्दा बाहिर थिई । यो सदाझैँ सामान्य पार्टी रहेको थियो, जहाँ मेरा थिएटरका केही साथिहरु पनि आउदै थिए, त्यसैले मैले पार्टीमा जान गाह्रो मानिन् । पार्टीमा मेरो ड्रिंक्समा केही मिलाइएका कारण मलाई अनौठो महसुस भइरहेको थियो । रातको करिब २ बजे म उनको घरबाट निस्किए । मलाई कसैले घर छोड्छु भनेन । म यति होशमा थिए कि, मलाई उनको घरमा बस्नु ठीक छैन भन्ने लाग्यो ।’

भिनता अगाडि लेख्छिन्, ‘म उनको घरबाट निस्किएर आफ्नो घरतिर लागे । तब उनी कार लिएर मेरो नजिकै आए र मलाई घर छोडिदिन्छु भने । मैले विश्वास गरे र कारमा बसे । त्यसपछि के भयो मलाई याद छैन । बस यति याद छ कि, कसैले मेरो मुखमा जबरजस्ती रक्सी हालिदियो । जब दोस्रो दिन म उठे तब मलाई दुखाई महसुस भइरहेको थियो । मलाई थाहा भयो कि, मेरो बलात्कार भयो भनेर । त्यस समय सन् १९९४ को चर्चित शो ‘तारा’ का लागि काम गरिरहेकी थिएँ । आफूलाई त्यस स्थितिबाट बाहिर निस्कनका लागि मलाई २० बर्ष लाग्यो । मेरो आत्मविवास अब जागेको छ । यसैका कारण अब यस कुरालाई तपाईसँग शेयर गर्नका लागि हिम्मत जुटाएको छु ।’

उनले सिधै आलोक नाथको नाम नलेखे पनि संस्कारी, मुख्य अभिनेता तथा त्यस दशकका स्टार जस्ता शब्द प्रयोग गरेकाले उनको आरोप सिधै आलोक नाथ प्रति इशारा गरिरहेको थियो । तर उनले न्यूज एजेन्सी आईएएनएसबाट यस कुराको पुष्टि गर्दै भनिन्, ‘ती आलोक नाथ नै हुन् । मलाई लाग्यो कि, संस्कारी भन्नु नै काफी छ ।’

अब यस मामलामा आलोक नाथको बयान पनि आएको छ । उनले न्यूज च्यानलसाग कुरा गर्दै भने, ‘आजको जमानामा यदि कुनै महिलाले कुनै पुरुषलाई आरोप लगाउछिन् भने पुरुषले त्यसमा बोल्नुको कुनै औचित्य नै हुदैन ।’ एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बलीउडमा एकपछि अर्काे यौन शोषणका घटनाः ‘संस्कारी’ आलोक नाथ माथि लाग्यो बलात्कारको आरोप"

Leave a comment