टी-२० विश्वकप छनोट: नेपालको शानदार जित

आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानमाथि शानदार जित हात पारेकाे छ ।

मलेसियाको यूकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले भुटानलार्इ १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

प्रतियोगितामा यो नेपालको लगातार चौथो जित हो।

नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७ औं ओभरमा ३३ रन जोड्दै अलआउट भएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराउँदा दोस्रो खेलमा मलेसियालाई पनि ८ विकेटले नै पराजित गरेको थियो। तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन्।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "टी-२० विश्वकप छनोट: नेपालको शानदार जित"

Leave a comment