विवाह बन्धनमा बाँधिदै कपिल शर्मा !

हालैमा खबर आएको थियो कि, कपिल शर्मा छिट्टै नै आफ्नो टिभी शो ‘द कपिल शर्मा शो’ का साथ कमब्याक गर्न गइरहेका छन् । डिप्रेशन र अधिक रक्सी सेवनका कारण कपिल शर्माको तौल एकदमै बढेको थियो । अब उनले आफूलाई फिट बनाएका छन् । यसका साथै कपिल शर्माका फ्यानहरुका लागि एउटा खुशीको खबर रहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार कपिल शर्मा आफ्नी गर्लफ्रेन्ड गिन्नी चतराथका साथ डिसेम्बर महिनामा विवाह गर्न गइरहेका छन् । विवाह समारोह ४ दिनसम्म चल्नेछ ।

खबरका अनुसार विवाह पूरै पंजाबी तौर तरिकामा कपिलको पंजाबस्थित घरबाट हुनेछ । यसमा नजिकका नातेदार र साथिहरु शामिल हुनेछन् ।

बलीउड फिल्म इन्डस्ट्रीका ठूला स्टारहरु पनि कपिलको विवाहमा शामिल हुनसक्ने बताइएको छ । पंजाबमा विवाह गरेपछि कपिलले मुम्बईमा पनि एक रिसेप्सन पार्टी दिने बताइएको छ ।

कपिल शर्माले केही समय पहिले गिन्नीका साथ फोटो शेयर गर्दै आफ्नो सम्बन्धका बारेमा सबैका सामुन्ने खुलासा गरेका थिए । उनले फोटो शेयर गर्दे लेखेका थिए, ‘म यो भन्दिन् कि यि मेरी बेटर हाफ हुन् । उनले मलाई पूरा गर्नेछिन् । लभ यू गिन्नी । प्लीज यिनलाई स्वागत गरौँ । म यिनलाई एकदमै माया गर्छु ।’ एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विवाह बन्धनमा बाँधिदै कपिल शर्मा !"

Leave a comment