यी अभिनेत्रीलाई किन लाग्यो १३ अर्ब जरिवाना ?

चीनकी एक चर्चित अभिनेत्री फेन बिंगबिंगमाथि ८८३ मिलियन युआन अर्थात् करिब १३ अर्ब रुपैयाँ बराबरको जरिवाना लागेको छ । कर छली तथा अन्य विभिन्न आपराधिक घटनासँग सम्बन्धित मामलाका लागि उनीमाथि यति धेरै जरिवाना लगाइएको हो ।

यस बर्षको जुलाई महिनादेखि गायब रहेकी फेनले बुधबार सोशल मिडियामार्फत लामो माफीपत्र शेयर गरेकी छिन् । जसले सबैलाई अचम्ममा पारेको छ ।

फेन चीनमा सबैभन्दा धेरै कमाउने कलाकार मध्येमा चर्चित रहेकी छिन् । खबरका अनुसार यदि उनले समयमै जरिवाना रकम बुझाएको भए उनी यस्तो प्रकारको आपराधिक दण्डबाट बच्न सक्थिन् ।

३७ वर्षीया अभिनेत्री फेनले हलीउड फिल्म ‘एक्स म्यान’ तथा ‘आइरन म्यान’ जस्ता फ्रेन्चाइजी फिल्ममा अभिनय गरिसकेकी छिन् । १ जुलाईदेखि उनी कतै पनि देखिएकी छैनन र उनको ठेगानालाई लिएर पनि शंका उत्पन्न भएको बताइएको छ । उनी अहिले कहाँ छिन् भन्ने बारेमा कुनै खुलासा भएको छैन तर केही रिपोर्टले दाबी गरेका छन् कि, उनलाई कुनै गोप्य स्थानमा नजरबन्दमा राखिएको हुनसक्छ ।

बुधबार फेनले चिनिया सोशल मिडिया साइट भिबोमा आफ्ना लाखौँ प्रशंसकका लागि लेखेको पोस्ट शेयर गरेकी छिन् । माफी पत्रमा फेनले भनेकी छिन्, ‘म निकै पीडामा छु । मैले जे गरेँ त्यसका लागि लज्जित छु । सबैसँग माफी माग्न चाहन्छु ।’

उनले थपिन्, ‘जाँचपछि कानुन अनुसार ममाथि जे जति जरिवाना लगाइएको छ, म त्यसलाई स्वीकार गर्दछुँ । म आदेशको पालना गर्नेछुँ । मेरो पूरै कोसिस हुनेछ कि, म यो नराम्रो समयबाट छिट्टै बाहिर निस्कु, पैसा जुटाउ र ममाथि लागेको कर र जरिवाना भरुँ ।’

साथै उनले चिनिया सरकारको प्रशंसा गर्दै आफ्नो देश, चिनिया कम्युनिष्ट पार्टी र जनताको मायाविना आफ्नो कुनै अस्तित्व नहुने पनि उल्लेख गरेकी छिन् ।

अभिनेत्री चीनकी सबैभन्दा प्रभावशाली सेलिब्रेटी हुन् । गत बर्ष फेब्र्स म्यागेजिनमा उनी चिनीयाँ कलाकारको सूचीमा कमाईको मामलामा सबैभन्दा अगाडि थिईन् । उनको कमाई ३०० मिलियन यूआन अर्थात् करिब ५ अर्ब रुपैयाँ रहेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यी अभिनेत्रीलाई किन लाग्यो १३ अर्ब जरिवाना ?"

Leave a comment