अमिताभ बच्चनपछि सलमानका विरुद्ध बोल्दै तनुश्रीले यस्तो भनिन्

बलीउड अभिनेत्री तनुश्री दत्ताले हालका दिनमा बलीउडमा तहल्का नै मच्चाएकी छन् । उनले बलीउडका सिनियर अभिनेता नाना पाटेकर, कोरियोग्राफर गणेश आचार्य र निर्देशक विवेक अग्निहोत्रीमाथि यौन शोषणको गम्भीर आरोप लगाएकी छन् । साथै तनुश्रीले नाना र गणेश आचार्यका विरुद्ध पुलिसमा एफआईआर पनि दर्ता गराएकी छन् ।

हालैमा एउटा टिभीलाई दिएको अन्तवार्तामा तनुश्रीले सलमान खानका विरुद्ध पनि बोलेकी छन् । उनले भनिन्, ‘मानिसहरुलाई लागिरहेको छ कि, म यो सबै गरेर पब्लिसिटी पाउन खोजिरहेकी छुँ । केही मानिसहरुले मजाक पनि उडाइरहेका छन् कि म विग बोस को अर्काे सिजनमा आउनेछु ।’

उनले थपिन्, ‘तपाईहरुलाई के लाग्छ कि बिग बोसमा जानु मेरा लागि गर्वको कुरा हो? होइन, म यस्तो मान्दिन् । तपाईहरुलाई लाग्छ होला कि सलमान खान भगवान हुन् । तर मलाई यस्तो बिल्कुलै लाग्दैन । विगत केही बर्षदेखि मलाई लगातार बिग बोसको अफर आइरहेको छ तर म गर्न चाहन्न । मलाई अब यि सबै चीजबाट अगाडि बढ्नुछ ।’

हालैमा एक स्पोर्ट्स इभेन्टका क्रममा महिला पत्रकारले सलमान खानसँग तनुश्रीको मामलाका बारेमा सोध्दा सलमानले भने, ‘मलाई थाहा छैन कि, तपाई कसका बारेमा कुरा गरिरहनुभएको छ । मैले यस्तो कुराका बारेमा सुनेको छैन ।’ साथै उनले यो स्पोर्ट्स इभेन्ट भएकाले अन्य प्रश्नका बारेमा नसोध्न भन्दै ती महिला पत्रकार माथि नै टन्ट मारेका थिए ।

ट्वींकल खन्ना, प्रियंका चोपडा, स्वरा भास्कर, सोनम कपूर, ऋचा चड्ढा, परिणीति चोपडा र फरहान अख्तर जस्ता बलीउड सेलिब्रेटी तनुश्रीको समर्थनमा देखिएका छन् । भोली अर्थात् ८ अक्टोबरमा नाना पाटेकरले तनुश्रीले आफूमाथि लगाएको आरोप र सम्पूर्ण मुद्दाका बारेमा सफाई दिने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अमिताभ बच्चनपछि सलमानका विरुद्ध बोल्दै तनुश्रीले यस्तो भनिन्"

Leave a comment