टी-२० विश्वकप छनोट :नेपालसामु थाइल्याण्ड स्तब्ध

मलेसिया । मलेसियामा भइरहेकाे आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट ‘बी’ अन्तर्गत तेस्रो खेलमा नेपालले थाइल्याण्डलार्इ पराजित गरेकाे छ ।

१७३ रनको लक्ष्य पाएकाे थाइल्याण्ड ८.५ ओभरमा ९ विकेट गुमाएर मात्र १८ रन मात्र जाेड्दा खेल वर्षाका कारण राेकीएकाे थियाे । खेल प्रभावित भए पछि एम्पयरले डीएल मेथडका आधारमा नेपाललार्इ १४० रनको फराकिलो जितकाे विजेता घाेषणा गर्याे । याे जितसंगै नेपाल समूहकाे शिर्ष स्थानमा उक्लीएकाे छ ।

अाजकाे खेलमा युवा स्पीनर सन्दीप लामिछानेले मात्रै ५ वीकेट लिए ।  ३ अाेभर बलिङ गरेर लामिछानेले एक मेडन राख्दै मात्र ८ रन मात्रै खर्चिए भने करण केसीले १.५ ओभर बलिङ गर्दै २ रन दिएर ३ विकेट लिए ।

 टस हारेर पहिले ब्याटिङ गरेको नेपालले  २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन जाेडेकाे थियाे । प्रतियाेगितामा करण म्यान अफ दि म्याच घाेषीत भए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "टी-२० विश्वकप छनोट :नेपालसामु थाइल्याण्ड स्तब्ध"

Leave a comment