नेपाली नागरिकता लिन खोज्ने एक भारतीयसहित तीन पक्राउ

धनुषा । धनुषामा नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीय नागरिक सहित तीन जनालाई प्रहरीले पक्रेको छ ।

भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिन खोज्ने भारत सीतामढीका २४ वर्षीया तसिफ अंसारी, जनकपुरधाम उप–महानगरपालिकाका १४ रजौल को ५५ वर्षीय मन्जुर अंसारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलाई छोरा भनि नेपाली नागरिकता दिलाउन कागजात तयार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाली नागरिकता लिन खोज्ने एक भारतीयसहित तीन पक्राउ"

Leave a comment