नक्कली अनुमति पत्र बनाएर सगरमाथा अाराेहण गराउने ३ जना पक्राउ,२२ हजार डलर हिनामिना

गुगल फाेटाे

काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराेले नक्कली अनुमतिपत्र बनाएर सगरमाथा अाराेहण गराउने ३ जनालार्इ पक्राउ गरेकाे छ ।सेभेन समिट ट्रेक्स प्रालिका कानुन विभाग प्रमुख निभेश कार्की, मार्केटिङ म्यानेजर फर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याललार्इ प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरूले उक्त किर्तेबापत २२ हजार अमेरिकी डलर हिनामिना गरेका थिए ।

व्यूरोका अनुसार प्रहरीले निभेशलाई असोज १ गते ठमेलबाट र अर्याललाई असोज ४ गते महाराजगञ्जबाट र शेर्पालाई सोलुखुम्बुको फोरसेबाट असोज ४ गते पक्राउ गरेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नक्कली अनुमति पत्र बनाएर सगरमाथा अाराेहण गराउने ३ जना पक्राउ,२२ हजार डलर हिनामिना"

Leave a comment