अनौठा जागिरः जहाँ काम गर्नका लागि निर्वस्त्र हुनुपर्ने

दुनियाँमा विभिन्न प्रकारका अनौठा जागिरहरु रहेका छन् । कतिपय जागिरहरु सुन्दैमा अचम्म लाग्ने खालका हुन्छन् भने कुनै जागिर त हाम्रो नेपाली समाजमा नपच्ने खालका पनि हुन्छन् । के तपाईले यस्तो जागिरको बारेमा सुन्नु भएको छ, जहाँ निर्वस्त्र भएर काम गर्नुपर्ने हुन्छ । यस्ता जागिरमा काम गर्दा लुगा लगाउन पाइदैन ।

निर्वस्त्र हुनुपर्ने केही जागिर यस्ता छन्,

न्यूड गार्डेनिंगः अमेरिका, अस्ट्रेलिया तथा युरोपका केही ठाउँमा नांगै भएर पुरुषहरुले बगैँचाको काम गर्ने गर्दछन् । यो एउटा अनौठो खालको काम हो । यहाँ काम गर्नका लागि पुरुषहरुले आफ्नो कपडा खोलेर निर्वस्त्र हुनपर्ने हुन्छ ।

नेकेड रेष्टुरेन्टः लण्डनमा रहेको बुनियादी नामक एउटा रेस्टुरेन्टमा मानिसहरुले कपडा खोलेर जानुपर्ने हुन्छ । केबल ग्राहकले मात्र नभई त्यहाँ काम गर्ने कर्मचारीहरुले पनि बिना कपडा नै ग्राहकहरुलाई खाना सर्भ गर्ने गर्दछन् ।

न्यूड कफी शपः अमेरिकाको वाशिंटनमा रहेको न्यूड कफी शपमा कफी प्रेमीहरुलाई न्यूड वेटरले र वेट्रेसले बिकिनीमा कफी सर्भ गर्ने गर्दछन् ।

न्यूड योगा स्टुडियोः चेल्सीस्थित न्यूड योगा स्टुडियोमा निर्वस्त्र योगा कक्षा सञ्चालन गराइन्छ । त्यहाँ योगा सिक्ने मानिसहरु बिना कपडा योगा सिक्ने गर्दछन् भने योगा सिकाउने मानिस पनि न्यूड नै हुने गर्दछन् ।

न्यूड ब्रिटिश सफ्टवेयर कम्पनीः बेलायतको बकिंघमशायरमा रहेको एक कम्प्युटर सफ्टवेयर कम्पनीमा काम गर्ने महिलाहरु कार्यालय अवधिभर निर्वस्त्र रहन्छन् । न्यूड हुनसक्ने महिलाहरुले मात्र उक्त कम्पनीमा काम पाउने गर्दछन् । महिला कोडर्सहरुलाई कार्यकक्षमा न्यूड बस्नु अनिवार्य छ ।

न्यूड अनलाइन थेरापिस्टः एक अज्ञात महिलाले नेकेड थेरापिस्ट नामक अनलाइनबाट मानिसहरुलाई काउन्सलिङ गर्ने गर्दछिन् । उनले वेभक्यामका माध्यमबाट मानिसहरुलाई कुराकानीका माध्यमबाट नै थेरापी दिने गर्दछिन् । जसका कारण कयौँ बिमारीको काउन्सलिङ हुने गर्दछ ।

टपलेस हाउसमेडः अमेरिकाको लस एन्जलेसका केही इलाकाहरुमा टपलेस हाउसमेड राख्ने व्यवसाय चल्तीमा रहेको छ । ती इलाकाका अधिकांश घरहरुमा टपलेस हाउसमेडहरुले काम गर्दछन् । टपलेस हाउसमेडको जागिर त्यहाँको शानदार व्यवसायको रुपमा रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अनौठा जागिरः जहाँ काम गर्नका लागि निर्वस्त्र हुनुपर्ने"

Leave a comment