पूरै सहर माकुराले कब्जा गरेपछि

घरका भित्ता वा मान्छे नै नबसेको कुनै घरमा माकुराले जालो लगाएको त हामी सबैले देखेका नै छौँ तर यहाँ त माकुराले एउटा गाउँ नै आफ्नो कब्जामा लिएको छ । खबरका अनुसार युरोपेली देश ग्रीसको एतोलिको सहर माकुराको कब्जामा परेको छ ।

यो सहरको सबैतिर माकुराले जालो लगाएको छ । माकुराको कब्जा यति धेरै बढेको छ कि, रुख विरुवा, झाडी, घर जताततै माकुराले बुनेको जालोले ढाकेको छ ।

विशेष प्रजातिको सेतो माकुराले जाल बुनी सहर ढाकेको छ । टेरानगाथा प्रजातिको उक्त माकुरा सानो आकारको हुन्छ । त्यसैले यो जमिनमा भन्दा पानीमा छिटो हिँड्दछ ।

यो माकुरा मानिसहरुका लागि हानिकारक मानिदैन । यसको म्ुख्य विशेषता भनेको यसले आफ्नो शरिरलाई खिचेर लामो बनाउन सक्दछ । त्यसैले यो माकुरालाई स्ट्रेच स्पाइडर पनि भनिन्छ ।

खबरका अनुसार यो मौसमी माकुरा एक प्रकारको लामखुट्टेको कारणले फैलिरहेका छन् । लामखुट्टे यो माकुराको मनपर्ने खानेकुरा हो । चिसो मौसम लागेसँगै लामखुट्टे कम हुँदै जाने र यो माकुराको संख्या पनि कम हुँदै जाने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पूरै सहर माकुराले कब्जा गरेपछि"

Leave a comment