काठमाडाैं प्रहरीकाे दशैं विशेष सुरक्षा याेजना सार्वजनिक,३५ सय प्रहरी परिचालन हुने

काठमाडौं । काठमाडाैं प्रहरी परिसरले दशैँ, तिहार र छट जस्ता ठूला चाडलार्इ लक्षित गर्दै अाफ्नाे विशेष सुरक्षा याेजना सार्वजनिक गरेकाे छ । अाइतबार पत्रकार सम्मेलन गरेर दिइएकाे जानकारी अनुसार काठमाडाैंमा सुरक्षा प्रदान गर्न परिसरबाट ३५ सय ३५ जना प्रहरी परिचालित हुनेछन् ।

चाडपर्वको बहानामा हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

यसरी परिचालन हुनेछन् प्रहरी

परिसरले काठमाडाैंका विभिन्न क्षेत्रहरूकाे विभाजन गरेर प्रहरी टाेली खटाएकाे छ । जस अनुसार पैदल गस्ती टोलीमा ५० जना प्रहरी पिरचालन हुनेछन् ।

त्यस्तै साइकल गस्तीमा ३६, मोटरसाइकलमा ३० र भ्यान गस्तीमा २४ जना प्रहरी परिचालन गरिएकाे छ । घटनाहरूकाे सूचना संकलनका लागि सादा पोशाकमा ७० प्रहरी पनि रिसरले परिचालन गरेकाे छ ।

लामाका अनुसार सिल एन्ड सर्च, कडन एन्ड सर्च र एम्बिसिङ, निगरानी अपरेशनमा ३०/३० जनाको टोली खटिएको छ । हतियारसहितको क्यूआरटी टोलीमा ५३ जना प्रहरी खटिने छन् ।

जाेखिम र सुरक्षा प्राथमिकता क्षेत्र

प्रहरीले सुरक्षाकाे  दृष्टीले जाेखिम युक्त र सुरक्षा प्रथमिकता क्षेत्र किटान गरेर सुरक्षा रणनीति बनाएकाे छ । प्रहरीले सर्वसाधारणको सम्पत्ति, बिशिष्ट ब्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर र गुम्बा रहेको स्थान सुरक्षा जोखिम क्षेत्र किटान गरेकाे छ ।

त्यस्तै, वित्तिय संस्था, आर्थिक कारोबार हुने क्षेत्र, यातायात सञ्चालन हुने स्थान, व्यपारिक कारोबार हुने ठाउँ र भिडभाड हुने अन्य क्षेत्रहरुलार्इ पनि जोखिम क्षेत्र मानेर सुरक्षाकाे व्यवस्था मिलाएकाे छ । राजधानीबाट बाहिरीने तथा भित्रिने नाकादेखि लिएर होटल, गेष्ट हाउस, रेष्टुरेन्ट, राजमार्ग तथा ग्रामिण वस्ती र भीआईपी मुभमेन्ट हुने क्षेत्रमा पनि सुरक्षा व्यवस्था चुस्त बनाइएकाे एसएसपी लामाले बताए ।

अापत्कालिन परिचालनका लागि २५ वटा टोली पनि परिसरले तयारी अवस्थामा राखेको छ। काठमाडाैं भित्रिने बाहिरिने नाकाहरुमा तालिम प्राप्त कुकुरसहितको प्रहरीले सुर चेकजाँच गर्नेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काठमाडाैं प्रहरीकाे दशैं विशेष सुरक्षा याेजना सार्वजनिक,३५ सय प्रहरी परिचालन हुने"

Leave a comment