ललितपुरकाे मंगलबजार देखि काभ्रेको नालासम्म साइकल यात्रा गरिदैं

काठमाडाैं । विश्व मुटु दिवसको अवसरमा नाला साईक्लिङ विश्व मुटु दिवसका अवसरमा यहि असोज १३ गते (२९ सेप्टेम्बर)का दिन नालाका युवाहरुले मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि पाटन मंगलबजार देखि काभ्रेको नालासम्म साइकल यात्रा आयोजना गर्ने भएका छन् ।

काभ्रेको प्राचीन शहर नालाको पर्यटन प्रबर्धन गर्ने उद्देश्यले साईकल यात्रा आयोजना गर्न लागेको आयोजाक जी व झिगु नालाले बताए । बढ्दो शहरीय जिवनशैलि र खानपिनले दिन प्रतिदिन मुटु रोगिको संख्या दिन दिनै बढ्दै गएकोले साईकल यात्रा द्वारा सचेतना बाड्न कार्यक्रम गरिन लागेको आयोजकले बताए।

ललितपुरको मंगलबजारबाट सुरु भई २४ किलोमीटर पार हुने साइकल यात्रा लुभु, गुण्डु, सूर्यविनायक, च्यामासिंह, ताथली, नाला गुम्बा हुँदै नालास्थित सुप्रसिद्ध भगवती मन्दिरमा पुगेर समापन हुनेछ ।

पहिलो पटक आयोजना गरिएको साइकल यात्रामा ‘नालाका लागि पाउदानी, मुटुका लागि पाउदानी (पेडल फर नाला, पेडल फर हर्ट)’ नारा सहित पहिलो पटक साईकल यात्रा आयोजन गर्न लागिएको हो ।

कार्यक्रम काभ्रे जिल्ला साइक्लिङ एसोसियसन, पन्चबाइक, कन्सेप्ट नेपाल, नेपाल माउण्टेन बाइकलगायतले प्राविधिक सहयोग गर्ने छन । सहभागिको प्रवेश शुल्क ५ सय रुपैंया राखिएको छ भने सहभागिहरुलाई टिसर्ट, प्रमाणपत्र, खानाका उपलब्ध गराउनेको साथै कार्यक्रममा स्थानिय सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "ललितपुरकाे मंगलबजार देखि काभ्रेको नालासम्म साइकल यात्रा गरिदैं"

Leave a comment