सबै रोग निको पार्ने आश्चर्यजनक छ, हिमालयको जलः कुमार स्वामी

काठमाडौ । भारतीय महर्षि श्री कुमार स्वामीले सबै रोग घातक कीटाणुहरुका कारण हुने र त्यसको संसारमा कुनै समाधान नभएको बताएका छन् ।
केही दिनको नेपाल यात्रामा आएका स्वामीले होटल ह्यातमा संचारकर्मीहरुसँगको कुराकानीमा सबै प्रकारका रोगको उपचार प्रकृति प्रदत्त हिमालयको जलबाट मात्र १५ मिनेटमा निको पार्न सकिने दाबी गरे ।
महर्षि स्वामीले सबै रोग उत्पन्न गराउने ब्याक्टेरिया मुख्य रुपमा प्रोपीओनी ब्याक्टेरिया र स्ताफ्लोकाकस भएकाले त्यो भयानक कीटाणुहरुको मुल कारण भएको बताउनुभयो । यो ब्याक्टेरिया सबै रोग वा कुष्ठ रोगको जन्मदाता भएको बताए । स्वामीले यो ब्याक्टेरिया र फंगस नाक, कान, मुख, आँखा र छालाबाट शरीरभित्र प्रवेश गर्ने र लिभर, किड्नी, पैनक्रियाज, गल ब्लैडर, मुटु, लंग्स, ब्रेन, नर्भस सिस्टमलाई नराम्रोसँग प्रभावित पार्ने गरेको बताए ।
उनले यो खतरनाक ब्याक्टेरिया हाम्रो शरीरमा प्रवेश गरेर एक लाख अन्डा पार्ने र विस्तारै विस्तार बढ्दै गएर पछि १५ लाखभन्दा बढी प्रकारका ब्याक्टेरियामा परिवर्तन हुने बताए । यो ब्याक्टेरियाले पाचन प्रणालीमा असर गर्ने भएकाले फलफूल, सागपात, दुध, बदाम आदि बचाउन बन्द गरिदिने भएकाले पछि सबै अंगमा विभिन्न प्रकारको एलर्जी उत्पन्न गराउने गरेको बताए ।
आफ्नो रहस्यमय उपचार विधिका कारण संसारभर ख्याति आर्जन गरिसकनु भएका स्वामी दोस्रोपटक नेपाल आएका हुन् । उनी आफ्नो रहस्यमय उपचार विधिका लागि ख्यातिप्राप्त छन् ।
राजधानीको वनकालीस्थित हंस मण्डप प्राङ्गणमा गरिएको कार्यक्रममा स्वामीले हिमालयको जल प्रयोग गरेर रोग निदान गर्दा डाक्टरहरुसमेत आश्चर्यमा परेका थिए भने सर्वसाधारणले रोगबाट मुक्ति पाएका थिए ।
पत्रकारहरुसँगको कुराकानीमा महर्षि कुमार स्वामीले बजारमा पाइने औषधिहरुले रोगहरु मात्र थप गर्ने र अस्पतालहरुले विरामीलाई आफ्नो कमाईको माध्यम मात्र ठान्ने गरेकाले विश्वभर मानिसहरु पीडित हुने गरेको बताए । उनले स्वस्थ रहनका लागि वेदमै सबै कुरा उल्लेख रहेको भन्दै त्यसैले डाक्टर र चिकित्सकले पैसा कमाउने माध्यम मात्र बनाएको बताए ।
उनले आफूले धन आर्जनका लागि यो काम नगरेको भन्दै जसको रोग पनि निःशुल्क गर्ने गरेको बताए । कार्यक्रममा महर्षि श्री कुमार स्वार्मीले आफूलाई भारत सरकारको आयुष मन्त्रालयले सबै जाँचपछि यो अद्भुत खोज प्रमाणित गरेको जानकारी दिए । उनले भारतको आयुष मन्त्रालयको विज्ञहरुको टिमले हिमालयको जललाई विश्वको सर्वश्रेष्ठ जलको मान्यता दिएको जानकारीसमेत दिए ।
यो जल गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत समावेश भएको जानकारी कार्यक्रममा दिइयो । स्वामीको यो खोजलाई अमेरिका, इंग्ल्याण्ड र युरोपका बहुराष्ट्रिय कम्पनीहरुले पनि मान्यता दिँदै प्रशंसा गरेको बताइएको छ । केही दिनको नेपाल बसाईपछि स्वामी आजै भारत प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सबै रोग निको पार्ने आश्चर्यजनक छ, हिमालयको जलः कुमार स्वामी"

Leave a comment