अश्लील सामग्रीका विरुद्ध चीनले बन्द गर्यो ४ हजार वेभसाइट

नोक्सानदायक सुचना र विशेषगरी अश्लील सामग्रीका विरुद्ध ३ महिने राष्ट्व्यापी अभियानका रुपमा चीनले ४ हजारभन्दा अधिक वेभसाइट र अकाउन्ट बन्द गरेको छ ।

सरकारी मिडियाले बताए अनुसार यो अभियान ‘नेशनल अफिस अगेन्स्ट पोर्नाेग्राफिक एण्ड इलीगल पब्लिकेशन’ र ‘स्टेट एडमिनिस्ट्ेशन अफ प्रेस एण्ड पब्लिकेशन’ ले मे महिनामा संयुक्त रुपमा सुरु गरेका थिए ।

सरकारी संवाद समितिले यि दुवै एजेन्सीहरुको बयानलाई उद्धृत गर्दै बताए अनुसार, अगस्टको अन्त्यसम्म अधिकारीहरुले १२० भन्दा अधिक प्रासंगिक उल्लघंनमा राष्ट्व्यापी संशोधन गरे र २३० उद्यमीहरुलाई अनियमिततामा सुधार गर्ने आदेश दिएका थिए ।

रिपोर्टमा बताइएको छ कि, यस प्रकारको कदम भविष्यमा पनि हुने र योभन्दा पनि तीव्र गतिमा हुनेछ ताकि चीनमा स्वस्थ र स्वच्छ अनलाइन साहित्यिक वातावरण सुनिश्चित गर्न सकियोस् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अश्लील सामग्रीका विरुद्ध चीनले बन्द गर्यो ४ हजार वेभसाइट"

Leave a comment