सावधानः गुगलले तपाईको मोबाइलको सेटिङ जुनबेला पनि बदल्न सक्छ

आइतवार गुगल पिक्सेल फोनका केही ग्राहकहरुले आफ्नो मोबाइलमा सेटिङ बदलिएको उजुरी गरे । उजुरी गर्नेहरुले पिक्सेल स्मार्टफोनको ब्याट्री सेवरको पिचर आफैं अन भयो, जबकी उनीहरुले केही चलाएकै थिएनन् ।

ब्याट्री फुल चार्ज भएको बेला ब्याट्री सेभिङ मोड अन भएको थियो । सो फोनमा एन्ड्रोइडको नयाँ भर्सन पाइ ९.० अपडेट पश्चात यस्तो भएको थियो । यसबारे उजुरी गरेपछि गुगलले रेडिटमा एक पोष्ट सेयर गर्दै यो सबै ब्याट्री सेभिङ अप्सनको नयाँ प्रयोगका कारण भएको बतायो । यो फिचर असावधानीवस केही पाई युजरका लागि भएको थियो । पछि गुगलले रिमोर्ट कन्ट्रोलबाट फोनको सेटिङ बदलेको थियो । यसप्रति गुगलले माफी पनि मागेको छ ।

गुगलले जहिले पनि तपाईको स्मार्टफोन कन्ट्रोल गर्न सक्छ
यसबाट तपाईलाई थाहा भयो होलाकी गुगलले तपाईको स्मार्टफोनमा सञ्चालन गर्ने क्षमता राख्छ । तपाई संसारको कुनै पनि भागमा गएपनि तपाईको स्मार्टफोनमा भएको सेटिङस् तपाईलाई कुनै थाहै नदिई गुगलले बदलिदिन सक्छ । समरणीय छ एन्ड्रोइडको पाई ९.० भर्सन अहिले गुगल पिक्सेल, वानप्लस ६ र नोकियाका केही स्मार्टफोनमा रहेको छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सावधानः गुगलले तपाईको मोबाइलको सेटिङ जुनबेला पनि बदल्न सक्छ"

Leave a comment