डाक्टरले दिएको एन्टीबायोटिक औषधि खाँदा जिब्रोमा रौँ पलायो

हामीहरु बिरामी पर्दा वा चोटपटक लाग्दा डाक्टरको सल्लाह अनुसार विभिन्न प्रकारका औषधि खाने गर्दछौँ । जसमा एन्टीबायोटिक औषधी पनि पर्नसक्छ । तर एन्टीबायोटिक खाएकै कारण अमेरिकामा एउटा डरलाग्दो घटना भएको छ । कार दुर्घटनापछि उपचारका क्रममा एन्टीबायोटिक औषधि सेवन गरेकी एकजना महिलाको जिब्रोमा रौँ पलाएपछि मानिसहरु नै अचम्मित बनेका छन् ।

अमेरिकाको मिसौरीमा एकजना महिला कार दुर्घटनामा घाइते भईन् । तत्कालै उनलाई स्थानीय अस्पतालमा भर्ती गराइयो । डाक्टरले उनको उपचार गर्न सुरु गरिदिए तर उनको एउटा खुट्टा पहिले नै संक्रमित भइसकेको थियो ।

डाक्टरले ती महिलालाई मेरोपेनेम तथा माइनोसाइलाइन नामक एंटीबायोटिक खान दिए । सो औषधि खाएको चार हप्तापछि उनलाई अप्ठ्यारो महसुस हुन थाल्यो र उनको जिब्रो बाक्लियो, स्वाद पनि बिग्रियो ।

रिपोर्टका अनुसार त्यसपछि उनी डाक्टरकोमा मुख परीक्षण गराउँदा जाँदा पो थाहा भयो जिब्रोमा रौँ पलाएको रहेछ । ती महिलाले सेवन गरेको एंटीबायोटिकको एलर्जीका कारण उनको जिब्रोमा रौँ पलाएको बताइएको छ ।

रिपोर्टका अनुसार एलर्जीका कारण उनको जिब्रोमा रौँ पलाएको थियो । यो अनौठो रोगलाई चिकित्सा भाषमा लिंगुआ भिल्लोसा निग्रा भनिन्छ । विशेषज्ञका अनुसार यस्तो अवस्थामा १ देखि १८ मिलिमिटरसम्म लामा रौँ जिब्रोमा पलाउँछन् । मुखको स्वास्थ्य कमजोर हुनु, धेरै अल्कोहल सेवन गर्नु तथा धुम्रपान समेतका बानीले यस्तो समस्या बढाएको बताइएको छ ।

यद्यपी यस बिमारीको उपचार सम्भव भएको बताइएको छ । उपचारपछि ती महिलाको चिन्ता पनि हटेको छ । १३ प्रतिशत मानिसमा यस्तो समस्या देखिने र समयमै उपचार तथा मुखको स्वास्थ्यमा ध्यान दिएमा रोग निको हुने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "डाक्टरले दिएको एन्टीबायोटिक औषधि खाँदा जिब्रोमा रौँ पलायो"

Leave a comment