निर्मला बलात्कार-हत्या प्रकरणःप्रहरीद्वारा गठित अनुसन्धान समितिकाे नेतृत्व फेरियाे

काठमाडाैं । निर्मला पन्तकाे बलात्कार र हत्या घटनाकाे छनबिन गर्न बनेकाे नेपाल प्रहरीले बनाएकाे अनुसन्धान समितिकाे नेतृत्वमा फेरबदल भएकाे छ ।

प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीको नेतृत्वमा बनाएको टोलीकाे नेतृत्व प्रस्तावित एअार्इजी धिरू वस्नेतलार्इ दिर्इएकाे हाे । एसएसपी सुवेदी तालिमका विदेश गएकाले समितिकाे नेतृत्व फेरिएकाे केन्द्रिय प्रहरी प्रवक्ताले जनाएका छन् । घटना छानबिनकाे लागि प्रहरीले भदौ १४ गते ५ सदस्यीय अनुसन्धान समिति बनाएकाे थियाे ।

शनिबार मात्रै बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको थियाे ।  हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको थियाे ।

प्रतिवेदनले हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टका अतिरिक्त सो कार्यमा खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई आजैको मितिबाट निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बताएको थियाे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "निर्मला बलात्कार-हत्या प्रकरणःप्रहरीद्वारा गठित अनुसन्धान समितिकाे नेतृत्व फेरियाे"

Leave a comment