श्रद्धा कपूरको ‘स्त्री’ भयो सुपरहीट, १६ दिनमा कमायो १०० करोडभन्दा बढी

हरर र कमेडीबाट भरपुर राजकुमार राव र श्रद्धा कपूरको फिल्म ‘स्त्री’ ले बक्स अफिसमा आफ्नो जादु कायम नै राखिराखेको छ । अमर कौशिकको निर्देशनमा बनेको हरर कमेडी फिल्मलाई दर्शकहरुले एकदमै रुचाइरहेका छन् । रिलिज भएको दास्रो हप्तामा पनि फिल्मले शानदार कमाई गरिरहेको छ ।

भारतीय बक्स अफिसको ताजा रिपोटर््सका अनुसार फिल्मले १६ दिनमा १०१.४३ भारु कमाई गरेको छ । ‘स्त्री’ फिल्म भारतीय बक्स अफिसको १०० करोडको सूचीमा शामिल बर्षको नवौँ फिल्म हो ।

दोस्रो हप्ताको शुक्रबार फिल्मले ४.३९ करोड कमाई गरेको थियो । यसरी रिलिजको १६ औँ दिनमा २.९५ करोड रुपैयाँ कमाई गर्दै फिल्मको कुल कमाई १०१.४३ करोड पुगेको छ ।

२० करोडको सानो बजेटमा बनेको फिल्मले शानदार कमाई गर्दै सुपरहीट फिल्म बनेको छ । फिल्मलाई १५०० भन्दा बढी स्क्रीनमा रिलिज गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "श्रद्धा कपूरको ‘स्त्री’ भयो सुपरहीट, १६ दिनमा कमायो १०० करोडभन्दा बढी"

Leave a comment