वरिष्ठ उपरीक्षक लोहनी थुना मुक्त

विराटनगर, २९ भदौ । उच्च अदालत विराटनगरले सनम शाक्य हत्या तथा साढे ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई साधारण तारेखमा आज रिहा गर्ने आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलाई थुनामुक्त गर्ने आदेश दिएको हो । उक्त सुन प्रकरणमा वरिष्ठ उपरीक्षक लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले नौ प्रहरीसहित ६३ जनाविरूद्ध सङ्गठित अपराध ऐनअनुसार मुद्दा चलाएको थियो । रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वरिष्ठ उपरीक्षक लोहनी थुना मुक्त"

Leave a comment