चाेरीएका १४ माेटरसार्इकल फेला पारी सवारी धनीलाई बुझाइयाे

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार १४ वटा चोरीका मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार बिहान चोरीका १४ वटा मोटरसाईकल खोजी गरी रामशाहपथस्थित कार्यालयबाट सम्बन्धित सवारी धनीलाई बुझाएको हो ।

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट हराएका १४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बोलाएर बुझाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।

उनले मोटरसाईकल हराउन नदिन सचेत रहन पनि पनि सम्बन्धित सवारी धनीहरुलाई अपिल गरे । यता हराएका मोटरसाईकल पाएकोमा खुसी व्यक्त गर्दै सवारी धनीहरुले पनि ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।

कीर्तिपुरबाट ३ महिना अघि मोटरसाईकल हराएका जुम्लाका अनिल उपाध्यायले आफ्नो मोटरसाईकल भेटाइ दिएकोमा ट्राफिक प्रहरीलाई धन्यवाद दिए ।

उनको मोटरसाईकल ३ महिना अघि कीर्तिपुरबाट हराएको थियो । ललितपुर ग्वार्कोका दिपक खड्काले पनि चोरी भएको २ महिना पछि मोटरसाईकल आफूले पाएकोमा खुसी व्यक्त गरे ।

उनले खोजी गरेर मोटरसाईकल बुझाएकोमा ट्राफिक प्रहरीको प्रशंशा गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै श्रावण र भदौं महिनामा २ सय ५६ वटा सवारी साधान हराएको पाइएको छ ।

त्यसमध्ये ६० वटा सवारी साधन भेटिएकोमा ३६ वटा सम्बन्धित धनीलाई बुझाइको महाशाखाका प्रमुख पन्तले जानकारी दिए । यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सवारी साधन चोरीको घटना बढ्दै गएको उल्लेख गर्दै सचेत रहन सबै सवारी धनीलाई आग्रह गरेको छ ।

सवारी साधनको चोरीको घटना हुन नदिन सवारी धनीहरुलाई महाशाखाका प्रमुख पन्तले आग्रह गरेका हुन् । उनले चोरसँग ट्राफ्रिक प्रहरीले मिलेमतो गरेको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो । महाशाखाले चोरीको सवारी साधन खोजविनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा १७ जना जनशक्ति नै परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चाेरीएका १४ माेटरसार्इकल फेला पारी सवारी धनीलाई बुझाइयाे"

Leave a comment