‘निर्मला हत्याकाण्डका अपराधी जाे सुकै भए पनि उम्कन पाउँदैनन्’ -गृहमन्त्री थापा

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरणमा सरकार छानविनको अन्तिम अवस्थामा पुगेको बताएका छन् ।

प्रतिनिधीसभाको शुक्रबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अपराधी जो सुकै भए पनि उम्कन नपाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले अपराधी जो सुकै भए पनि उम्कन नपाउने प्रतिबद्धतासमेत व्यक्त गर्दै घटनाको अनुसन्धानमा सरकारले कुनै पनि कसर बाँकी नराखेकाे उल्लेख गरे ।

गृहमन्त्री थापाले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको जानकारी सांसदहरूलार्इ गराए । उनले छानविन समितिका एक सदस्यले राजीनामा दिएको र सरकारले सुरक्षाको प्रत्याभूति गराउने प्रतिबद्धता जनाएपछि काममा फर्केको जानकारी संसदमा गराए ।

कञ्चनपुर घटनाको मुद्धा केवल सदनको मुद्धा मात्र नभई समग्र नेपालकै मुद्धा भएको थापाकाे भनार्इ थियाे । यसैगरी बर्दियामा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने राम मनोहर यादवको विरामी भएर मृत्यु भएको थापाले बताए ।

रोल्पामा मारिएका तरुण दलका नेता रोहित पुनका विषयमा छानविन भइरहेको थापाले बताए । यसैगरी पत्रकार राजु बस्नेतमाथि उजुरी परेकोले पक्राउ गरी कारवाही अगाडि बढेको भन्दै हतकडी लगाउने विषयमा केही त्रुटी भएको स्वीकार गरे ।

निर्मला पन्त प्रकरणको अनुसन्धानका लगाएत अन्य विषयमा जानकारी गराउन माग राख्दै बिहिबार कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो । त्यसपछि सभामुखको आदेशमा सरकारका तर्फबाट गृहमन्त्रीले शुक्रबार अनुसन्धानको प्रगतीका विषयमा जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘निर्मला हत्याकाण्डका अपराधी जाे सुकै भए पनि उम्कन पाउँदैनन्’ -गृहमन्त्री थापा"

Leave a comment