3D मा रिलिज भयो २.० को टीजर, भिलेन बनेर रजनीकान्तलाई डराउदै अक्षय कुमार

बलीउड अभिनेता अक्षय कुमार र साउथ इन्डियन सुपरस्टार रजनीकान्त स्टारर फिल्म ‘२.०’ को टीजर रिलिज गरिएको छ । लामो समयदेखि प्रतीक्षित बनेको फिल्मको टीजरलाई ३डी मा रिलिज गरिएको छ ।

टीजरमा अक्षय कुमारको लुक डरलाग्दो देखाइएको छ । जसले दर्शकहरुलाई आकर्षण गर्नसक्छ । टीजर रिलिज भएको केही समय भयो र हालसम्म फिल्मको टीजरलाई लगभग ५ लाख पटक हेरिएको छ ।

यो फिल्म रजनीकान्तको ‘रोबोट’ को सिक्वल रहेको छ । यो फिल्मको खास विशेषता भनेको यसको भीएफएक्स रहेको छ । अक्षय कुमारले एक ट्वीटका माध्यमबाट बताएका थिए कि, यो फिल्मका लागि ३००० भन्दा बढी टेक्निसियनले काम गरेका छन् ।

फिल्ममा अक्षर र रजनीकान्तका अलावा एमी ज्याक्सनको पनि मुख्य भुमिका हुनेछ । फिल्ममा अक्षय कुमारले भिलेनको भुमिका निभाएका छन् । फिल्मका लागि अक्षय कुमार नभई आमिर खान उक्त भुमिकाका लागि पहिलो रोजाईका रुपमा रहेका थिए । यसका लागि आमिरलाई अफर पनि गरिएको थियो । तर उनले काम गर्न अस्वीकार गरेपछि अक्षयले उक्त भुमिका प्राप्त गरेको बताइएको छ ।

फिल्मको बजेट ५५० करोड भारु भएको बताइएको छ । जुन प्रभासको बाहुबलीभन्दा २०० करोड रुपैयाँ बढी हो । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "3D मा रिलिज भयो २.० को टीजर, भिलेन बनेर रजनीकान्तलाई डराउदै अक्षय कुमार"

Leave a comment