‘बिग बोस १२’ का लागि सलमानलाई ३०० करोड ! यस्ता छन् माग

चर्चित भारतीय रियालिटी शो ‘बिग बोस १२’ छिट्टै नै टेलिकास्ट हुदै छ । यो शो भारतमा निकै नै लोकप्रिय रहेको छ । यो कार्यक्रमलाई लिएर फ्यानहरु प्रतीक्षित रहेका छन् । केही दिन पहिले मात्र यो रियालिटी शो को प्रोमो रिलिज गरिएको थियो । यो शो ले १६ सेप्टेम्बरबाट दर्शकहरुलाई मनोरञ्जन गराउदैछ ।

१३ हप्ता चल्ने यो शो लाई सदाझै सलमान खानले नै होस्ट गर्नेछन् । बलीउड अभिनेता सलमान खानले यस शो मा हप्तामा केबल दुई दिन मात्र होस्ट गर्नेछन् । तर यति थोरै समयमा लागि पनि सलमान खानले टीमसँग मोटो रकमको माग गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार दबंग खानले बिग बोस काे नयाँ सिजन होस्ट गर्नका लागि आफ्नो पारिश्रमिक रकम बढाएका छन् । उनले प्रत्येक एपिसोडका लागि १४ करोड भारु लिनेछन् । जसअनुसार ‘बिग बोस १२’ को पुरै सिजनका लागि सलमानले ३६४ करोड रुपैयाँ पारिश्रमिक स्वरुप लिनेछन् ।

खबरका अनुसार सलमानले बिग बोसको गत सिजनमा एक एपिसोडका लागि ११ करोड भारु लिएका थिए । योपटक भने उनले एक एपिसोडका लागि १९ करोड रुपैयाँको माग गरेका थिए । तर टीमले उनलाई प्रति एपिसोड १४ करोड रुपैयाँ दिन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बिग बोस को बढ्दो टीआरपी रेटिङका कारण सलमान आफ्नो पारिश्रमिकमा पनि लगातार बढोत्तरी गरिरहेका छन् । तर यसबारेमा सलमाानसँग सोध्दा उनले केही पनि बताउन इन्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘बिग बोस १२’ का लागि सलमानलाई ३०० करोड ! यस्ता छन् माग"

Leave a comment