बिहेको प्रश्नमा आक्रोशित हुँदै दीपिका पादुकोणले यस्तो भनिन्

बलिउड अभिनेत्री दीपिका पादुकोण आजकल अभिनेता रणवीर सिंहसँग आफ्नो विवाहलाई लिएर चर्चामा रहेकी छिन् । आउँदो नोभेम्बरमा उनीहरुको विवाह हुने पक्का भइसकेको खबरहरु आइरहेका छन् । उनीहरु आफ्नो सम्बन्धलाई लिएर एकदमै सिरियस रहेका छन् । तर अझै पनि यी दुई विवाहको विषयमा मुख खोल्न चाहिरहेका छैनन् ।

यसैबीच हालै भएको एउटा अन्तरक्रिया कार्यक्रममा दीपिकालाई उनको विवाहसँग सम्बन्धित प्रश्न सोध्दा उनी एकदमै आक्रोशित बनेकी छिन् । फिक्की लेडिज अर्गनाइजेशन (एफएलओ) द्धारा आयोजित कार्यक्रममा एक पत्रकारले सोधिहाले, ‘तपाईं र रणवीरको बिहे नोभेम्बरमा हुन लागेको हो ?’ त्यो प्रश्न सुन्ने बित्तिकै दीपिका आक्रोशित बनिन् ।

दीपिकाले उक्त प्रश्नमाथि क्रोधित हुँदै आफूले यस प्रश्नको जवाफ नदिने बताइन् । उनले भनिन्, ‘यति संवेदनशील मुद्दामा छलफल भइरहेको बेला कहाँबाट आयो मेरो बिहेको कुरा ? यो एकदमै असंवेदनशील कुरा हो र यस्तो कार्यक्रम जहाँ म गम्भीर र संवेदनशील मुद्दामा कुरा गरिरहेको छुँ, त्यहाँ यस्तो प्रश्नको जवाफ म दिन्न ।

खासमा एफएलओ द्धारा दिल्लीमा आयोजित कार्यक्रममा दीपिका डिप्रेशन जस्तो गम्भीर मुद्दामा कुरा गर्न सहभागी भएकी थिईन् । डिप्रेशनबाट आफू कसरी बाहिर निस्कने भन्ने सुनाउँदै गर्दा पत्रकारले असम्वन्धित प्रश्न राखेका थिए । त्यसैले पनि उनी आक्रोशित बनेको हुनसक्छ ।

दीपिकाले त्यहाँ उपस्थित मानिसहरुलाई डिप्रेशनबाट कसरी बाहिर निस्कने भन्ने आफ्नो अनुभव शेयर गरेकी थिईन् । दीपिका केही वर्षअघि गम्भीर डिप्रेशनबाट प्रताडित बनेकी थिइन ।

दीपिका आजकल आफ्नो फिल्मभन्दा पनि पर्सनल लाइफलाई लिएर नै धेरै चर्चामा रहने गरेकी छिन् । उनले हालै भिन डीजलको हलीउड फिल्म ‘ट्रिपल एक्सः रिटर्न अफ जेन्डर क्रेज’ साइन गरेकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बिहेको प्रश्नमा आक्रोशित हुँदै दीपिका पादुकोणले यस्तो भनिन्"

Leave a comment