‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ गीत रिलिज (भिडियो)

मल्टिस्टारर फिल्म ‘छक्का पञ्जा ३’ को दोस्रो गीत रिलिज भएको छ । ‘पछि उमेर ढल्किन्छ, फेरी कालै पल्कन्छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

नवलपरासीस्थित सास्वत धाममा खिचिएको गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाई, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन् ।

निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलकाे संगीत रहेको छ । अर्जुन र दीपकराज गिरीको शब्द रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्ममा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोडभन्दा बढी भ्यूज पाइसकेको छ ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे (माग्ने बुढा), प्रियंका कार्की, जितु नेपाल, निर शाह, शिवहरि पौडेल, किरण केसी, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ गीत रिलिज (भिडियो)"

Leave a comment