यो जंगलमा जाने बित्तिकै निको हुन्छ ठूला–ठूला रोग, यस्तो छ रहस्य

आजको समयमा विभिन्न कारणले मानिसहरुमा कुनै न कुनै प्रकारका रोग लागिरहेको हुन्छ । त्यसमा पनि रोग लाग्नुको मुख्य कारणको रुपमा तनाव र अव्यवस्थित जीवनशैलीलाई लिइन्छ । डाक्टरहरुका अनुसार तनाव नै मानिसहरुमा हुने तमाम रोगहरुको मुख्य कारण हो । तर आधुनिक रहन–सहन र जीवनशैलीले हामी सबैलाई तनाव दिइरहेको छ ।

तनावबाट मुक्त रहनका लागि मानिसहरुले विभिन्न प्रकारका औषधीहरु खाने गर्दछन् । कसैले यसका लागि मेडिटेशन गरिरहेका छन् त कसैले योग । तर जापानका मानिसहरु तनावबाट मुक्त हुनका लागि प्रकृतिको शरणमा गईरहेका छन् ।

जापानका मानिसहरुलाई तनावबाट छुटकारा दिलाउनका लागि जंगलमा फरेस्ट थेरापी दिइरहेको छ । फरेस्ट गाइड र थेरेपिस्ट तस्योशी मसुजावाका अनुसार जापानको राजधानी टोक्योमा तनावबाट टाढा रहन र प्रकृतिको समिपमा जाने मन्त्र र धनराशी दुबै रहेको छ ।

टोक्यो प्राकृतिक सुन्दरताको खानी रहेको छ । यहाँको जंगलमा हरेक प्रकारका रोगको उपचार रहेको छ । यहाँ कयौँ प्रकारका जडीबुटी पाइने गर्दछ । यसको स्वाद तीतो र नमिठो भएपनि यसले विभिन्न प्रकारका रोगलाई जरैदेखि नष्ट गर्ने शक्ति राख्दछ । त्यहाँ लगभग पूरै जापानका मानिसहरु तनाव मुक्त हुनका लागि जाने गर्दछन् ।

जापानको उक्त जंगलमा ६२ थेरेपी सोसाइटी रहेका छन् । जसले त्यहाँ जाने मानिसहरुलाई तनाव मुक्त गराउनका लागि सहयोग गर्ने गर्दछ ।

तस्योशी मसुजावाका अनुसार, यदि बिहान सबेरै उठेर चराहरुको आवाज सुनिन्छ भने पनि त्यसले एउटा थेरापीको रुपमा काम गर्दछ । उनीहरुको आवाजले मानिसहरुलााई उनीहरुतिरै केन्द्रित गराउँछ र तनाव भगाउने काम गर्दछ । आफूलाई तन्दुरुस्त राख्ने जापानीहरुको यो तरिका दुनियाँभरमा चर्चामा रहेको छ ।

मेडिकल साइन्समा रिसर्च गर्नेहरुका लागि पनि यो जंगल आकर्षणको केन्द्र बनिरहेको छ । उनीहरुले पनि यो जंगलमा तनाव कम गर्ने र ब्लड प्रेसर नियन्त्रण गर्ने औषधी भएको बताएका छन् । फरेस्ट एण्ड फरेस्ट प्रोडक्ट रिसर्च इंस्टिट्यूटका प्रोफेसर ताकाहिदे अकागावाका अनुसार, उक्त जंगलको हावामा नै तनाव पैदा गर्ने हार्माेनलाई नियन्त्रित गर्ने शक्ति रहेको छ । जसबाट मानिसहरुको आयु पनि लामो हुने गर्दछ । प्राकृतिक हावापानी नै जापानका मानिसहरुको लामो आयुको मुख्य कारण भएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यो जंगलमा जाने बित्तिकै निको हुन्छ ठूला–ठूला रोग, यस्तो छ रहस्य"

Leave a comment