पूर्ण साक्षर घोषणा कार्यक्रम कागजमै सिमित

भानुभक्त अाचार्य । धनगढी । प्रदेश सातको अस्थायी राजधानी भएको जिल्ला हो कैलाली । प्रदेशकै सुगम तथा धेरै विद्यालय भएको कैलाली जिल्लालाई भदौ भित्र पूर्ण साक्षर घोषणा गर्ने अभियानमा भने चुनौती देखिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कैलालीले साउन समान्तसम्म सवै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा गर्ने र भदौ २३ गते जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने प्रस्ताव ल्याएको थियो । तर स्थानीय तहहरुले लगत संकलन गर्न नसक्दा उक्त अभियान असफल बन्ने भएको छ ।

जसकारण कागजमा ९७ दशमलव २ प्रतिशत साक्षर देखिएको कैलाली जिल्ला पूर्ण साक्षर घोषणा हुन भने अझै समय लाग्ने देखिएको छ । कागजको प्रगती देखाउँदै शिक्षा विकास तथा समन्वय इकाई कैलालीले यही साउन समान्त सम्म सवै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा गरी भदौ २३ गते जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने प्रस्ताव ल्याएको थियो ।

तर स्थानीय तहहरुले भने अहिलेसम्म पनि लगत संकलन गरेर जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा नपठाएको शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख विष्णुदत्त भट्टले बताए ।

साविककको जिल्ला शिक्षा कार्यालयका अनुसार कैलालीमा कुल जनसंख्याको ९७ प्रशित जनसंख्या साक्षर रहेको तथ्यांक छ । ९५ प्रतिशत जनसंख्या साक्षर भएमा जिल्लालाइ पूर्ण साक्षर घोषणा गराउन सकिने प्रावधान छ । जनप्रतिनिधिले जिल्ला शिक्षाको तथ्यांकमा व्यवहारीकता नदेखिएको बताए पछि शिक्षा समन्वय इकाइले जनप्रतिनिधिहरुलाइ लगत संकलन गरेर पठाउन भनेको थियो ।

तर १३ वटा स्थानीय तह मध्य कसैले पनि त्यो कार्य गर्न सकेका छैनन् । कतिपयले त लगत संकलनको अभियानान पनि लागेका छैनन् । धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख विरबहादुर नेपालीले केन्द्रबाट कार्यक्रम नआएकाले गर्न नसिकिएको बताए ।

तत्काल लगत संकलन गरेर स्थानीय तहमा भएको साक्षरताको अवस्था बुझेपछि सत प्रतिशत नारिकलाई साक्षरताको पहुँचमा पु¥याउन अभियान सञ्चालन गर्ने जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्य बहादुर थापाले बताए । ‘जनप्रतिनिधिलाइ लगत संकलनमा ताकेता गरिरेहका छौं ।’ उनले भने ।

पहाडका स्थानीय तहमा भने साक्षर घोषणामा कठिनाइ देखिएको छ । चुरे र मोहन्याल गाउँपालीकाका जनप्रतिनिधीले आफ्नो तह पूर्ण साक्षर बनाउन अझै ५ बर्ष लाग्न सक्ने बताएका छन् ।

वर्ण र अक्षर, मूल्यसूचि र विल, परिवारका सदस्यहरूको परिचय विवरण लेख्न पढ्न सक्ने, मोवाईल र क्यालकुलेटरको प्रयोग गर्न सक्ने आदी संकेतका आधारमा कुनै पनि व्यक्तिलाई साक्षर मान्न सकिन्छ । तर कैलालीलाइ कागजमा मात्रै नभएर व्यवहारीक रुपमै पूर्ण साक्षर जिल्ला घोषणा गर्न भने अझै समय लाग्ने बताएन्छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पूर्ण साक्षर घोषणा कार्यक्रम कागजमै सिमित"

Leave a comment