१३ बर्षपहिले चोरी भएको रुबी जडित स्यान्डल भेटियो, मूल्य ३५ लाख !

चोरी भएको कुनै पनि सामान भेट्टाउनु भनेको सोच बाहिरको कुरा हुने गर्दछ । त्यो पनि १३ बर्ष पहिले नै हराएको सामान भेट्टिनु । आजको समयमा विभिन्न प्रविधिको प्रयाेग गरेर हराएको सामान भेट्टिएपनि १३ बर्ष पहिले पसल होस् वा म्यूजियमबाट नै किन नहोस् हराएको सामानमा त्यसका मालिकले आशा नै मारिसकेको हुन्छ । तर १३ बर्ष पहिले चोरी भएको एउटा बहुमूल्य सामान भेट्टिएको छ ।

अमेरिकाको मिनेसोटा म्यूजियमबाट १३ बर्ष पहिले चोरी भएको रुबी जडित स्यान्डल भेट्टिएको छ । यद्यपी प्रहरीले भने त्यसलाई कसरी हासिल गर्यो भन्ने कुरा खुलाएको छैन । म्यूजियमले पनि उक्त कुराको जानकारी सार्वजनिक गरेको छैन ।

त्यहाँका प्रहरी अधिकारीका अनुसार उक्त स्यान्डल ८० बर्ष पुरानो रहेको छ । स्यान्डललाई १३ बर्षदेखि खोजिएको थियो । त्यो सन् २००५ मा चोरी भएको थियो ।

हलीउड अभिनेत्री जूडी गारल्यान्डले उक्त स्यान्डललाई सन् १९३९ को ओस्कार अवार्ड जितेको फिल्म ‘विजार्ड अफ ओज’ मा लगाएकी थिईन् ।

म्यूजियमका निर्देशक जोन केल्शका अनुसार, स्यान्डलको १० लाख डलर (करिब १२ करोड रुपैयाँ) को बिमा गराइएको थियो । हाल यसको मूल्य ३० लाख डलर अर्थात् करिब ३५ करोड रुपैयाँ पर्ने बताइएको छ ।

हराएको स्यान्डल कसैले कता भएको कसैले कता भेट्टिएको भन्ने खबर दिइरहेका बेला स्यान्डलको नक्कली उत्पादन बजारमा आइसकेको थियो । यसै क्रममा केही बर्ष पहिले स्यान्डल भेट्टाउने व्यक्तिलाई १० लाख डलरको पुरस्कार दिने घोषणा पनि गरिएको थियो । तरपनि भेट्टाउन सकिएको थिएन ।

प्रहरीका अनुसार सन् २००५ मा स्यान्डल चोरी भएको दिन म्युजियमको क्यामेराले काम गरिहरेको थिएन । स्यान्डललाई एकदमै सहज तरिकाले शीशा फुटाएर निकालिएको थियो । घटनापछि प्रहरीलाई कुनै पनि प्रकारको प्रमाण मिलेको थिएन । तर चोरी भएको १३ बर्षपछि स्यान्डल भेट्टिएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "१३ बर्षपहिले चोरी भएको रुबी जडित स्यान्डल भेटियो, मूल्य ३५ लाख !"

Leave a comment