नेपाल चिकित्सक संघले आन्दोलन घोषणा, आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय (विज्ञप्तिसहित)

काठमाडौं । आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने गरी नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हाे ।

सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघ अान्दाेलनमा उत्रिएकाे हाे । संघले निम्न कार्यक्रम सार्वजनिक गरेकाे छः-

  • भदौ १८ गते प्रशासनिक काम बन्द,
  • भदौ १९ गतेदेखि आकस्मिक बाहेक अन्य सेवामा विरामी भर्ना नलिने,
  • भदौ २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द
  • भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द
  • भदौ २२ गतेदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द

विज्ञप्तिकाे पूर्णपाठः-

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाल चिकित्सक संघले आन्दोलन घोषणा, आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय (विज्ञप्तिसहित)"

Leave a comment