आफ्नी पत्नी सुन्दर भएको भन्दै पतीले गरे यस्तो घिनलाग्दो काम

प्रायः जुनसुकै केटाहरु पनि आफ्नी प्रेमिका वा पत्नी सबैभन्दा सुन्दर होस् भन्ने चाहिरहेका हुन्छन् । तर एउटा व्यक्ति आफ्नी पत्नी सुन्दर भएको भन्दै एकदमै औडाहा गर्ने गर्दछ । उनी एकदमै सुन्दर भएको भन्दै ती व्यक्तिले आफ्नी पत्नीमाथि यस्तो घिनलाग्दो काम गरेकी जुन सुन्दा ती व्यक्तिप्रति घृणा जागेर आउने गर्दछ ।

भारतका एक व्यक्तिले आफ्नी सुन्दर पत्नीमाथि सहरका मानिसहरुको गिद्दे नजर पर्नसक्छ भन्ने डरले पत्नीविरुद्ध डरलाग्दो व्यवहार गरे ।

मिडिया रिपोर्टका अनुसार उक्त घटना भारतको मुम्बइको रहेको छ । आरोपीको नाम राज रायकवार बताइएको छ । उनीमाथि बलात्कार तथा यौनउत्पीडनको आरोप लागेको छ । अभियुक्त राज बलीउड फिल्म इन्डष्ट्रीमा काम गर्दछन् । त्यसैले उनी मुम्बईमा बस्दछन् भने उनको परिवार जबलपुरमा बस्दै आएका छन् । करिब १२ बर्ष पहिले राजको विवाह भएको थियो र उनका २ बच्चा रहेका छन् ।

राजकी पत्नी एकदमै सुन्दर छिन् । जसका कारण राजलाई डर थियो कि, उसका सहरका मानिसहरुको गिद्दे नजर आफ्नी पत्नीमाथि पर्नेछ । सोही डरका कारण उसले एकदिन पत्नीको अनुहारमा चिथोरिदिए । त्यसका लागि उनले लामखुट्टे भगाउने क्वाइल राख्ने फलामको तिखो स्ट्याण्डले पत्नीको अनुहारमा प्रहार गरेर घाइते नै बनाए ।

त्यसपछि राज विरुद्ध उनकी पत्नीले प्रताडना तथा दाइजोको मुद्दा दर्ता गराईन् । त्यसको दुईदिन अघिमात्र नाबालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले राजलाई पक्राउ गरिसकेको थियो । यो घटना मुम्बईको सहारा इलाकाको रहेको छ ।

राजले आफू बस्दै आएको इलाकाको ९ बर्षीया बालिकालाई फ्रुटी दिने बहानामा आफ्नो घरमा बोकेर ल्यायो । उसले ती बालिकाका साथ नराम्रो व्यवहार गर्ने प्रयास गर्दागर्दै उसलाई पक्राउ गरिएको थियो । त्यसपछि जब उसको पृष्ठभूमीका बारेमा बुझ्ने प्रयत्न गरिएको थियो, तब नै उसको विरुद्ध पत्नीले गरेको मुद्दा दर्ता र पत्नीका साथ थरिएको घिनलाग्दो कामका बारेमा सार्वजनिक भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "आफ्नी पत्नी सुन्दर भएको भन्दै पतीले गरे यस्तो घिनलाग्दो काम"

Leave a comment